कलाकारकाे सरंक्षण प्रति प्रदेश सरकार कटिवद्ध छ : राज्य मन्त्री गुरूङ

चलचित्र महोत्सवको लागि ५० लाख बजेट बिनियोजन

सरिता याेञ्जन

इटहरी । काेशी प्रदेशकी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री मन्त्री सुनिता गुरूङले कलाकारहरू देशकाे गहना भएकाे कारण उनिहरूकाे प्रवर्दन तथा संरक्षण प्रती तिनै तहका सरकार कटिबद्ध रहेकाे बताइन । सुनसरीकाे इटहरीमा चलचित्र विकास बोर्डको आयोजना र चलचित्र महासंघ प्रदेश नं. १ को सहकार्यमा आयोजित मेरो कथा चलचित्र सिर्जनात्मक कार्यशाला गोष्ठीलाइ सम्बाेधन गर्दै मन्त्री गुरूङले यस्ताे बताएकि हुन ।

साेमबारबाट सुरू भएकाे कार्यशाला ५ दिन सम्म रहने जनाइएकाे छ । उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरूङले कलाकार र उनिहरूले शिर्जना गरेकाे जुन सुकै बिधाका कृती या चलचित्र हुन तिनिहरूकाे सदैव सम्मान र प्रर्वदनमा अाफु लगायत सिंगाे मन्त्रालय लागेकाे बताइन । उनले कलाकारहरुलाई अगाडी बढाउनका लागि राज्यले बजेट छुट्याउनु पर्ने बताइन ।

 आफ्नो मौलिक परम्परा र विभिन्न जातजातीको भाषा, संस्कृतिमा आधारित रहेर पर्यटन प्रवद्र्धनको लागि निर्माण भएका चलचित्रलाई महोत्सवमा प्रदर्शन गरेमा प्रोत्साहन स्वरुप उचित पुरस्कारको व्यवस्था आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नै गरेको समेत दाबी गरिन् । चलचित्र छायांकन अब कोशी प्रदेशमा नै गराउनका लागि आफूले सक्दो सहयोग गर्ने र राज्य समक्ष पहल गर्ने समेत उनले बताइन् । यसैबिच मन्त्री गुरूङले यस वर्ष चलचित्र महाेत्सवकालागि रू ५० लाख बजेटि बिनियाेजन गरिएकाे पनि बताइन । 

काठमाडौंमा स्थापित भएका कलाकारहरु मध्ये ७० प्रतिशत कोशी प्रदेशका कलाकारहरु भएको चलचित्र महासंघ प्रदेश नं. १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी गराए । काठमाडौं पछि अर्को छुट्टै क्षेत्र चलचित्र नगरीका रुपमा प्रदेश नं. १ लाई स्थापित गर्ने प्रधानले बताए । ५ दिने कार्यशाला गोष्ठीले सहभागीहरुलाई निपूर्ण बनाउने उनको भनाइ थियो ।

 २० जनाको लागि दिइने भनेको सिर्जनात्मक कार्यशालामा जम्मा २५ जना प्रशिक्षार्थी  सहभागिता रहेको थियो । उक्त कार्यशालामा सहभागी भएका १३ देखि १८ उमेर समूहका बालबालिकाहरु थिए । मेरो कथा चलचित्र सिर्जनात्मक कार्यशाला गोष्ठीको उद्घाटन समारोह चलचित्र विकास बोर्डका सदस्य कियल बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित