इटहरीको ओसीयन पार्कमा शुक्रबार राजेश पायल राईकाे बेजाेड प्रस्तुती रहने

इटहरी । सुनसरीको इटहरी स्थित पर्यटकीय स्थल ओसीयन पार्कमा शुक्रवार नेपालका चर्चित गायक राजेश पायल राईको विशेष प्रस्तुति रहने भएको छ ।  नयाँ वर्ष २०८१लाई स्वागत गर्दै गोले वंश उत्थान समाजको सहयोगार्थ आयोजित वृहत् सांस्कृतिक कार्यक्रममा गायक राजेश पायल राईको विशेष प्रस्तुति रहने भएको हो । गायक राई सँगै कार्यक्रममा अन्तर्राष्ट्रिय टुङनाबादक छेवान तेन्जिङ , लोकप्रिय गायिका अपेक्षा तामाङ , लोकदोहोरी गायिका गङ्गा गौतम लगायत स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । 

तामाङ समुदायको भाषा , भेष भुस्सा , कला र संस्कृतिको जगेर्ना सँगै प्रवर्दनकालागि सो कार्यक्रम आयोजना गरिएको ओसीयन पार्कका सञ्चालक डम्बर तामाङले बताए । आउन लागेको नयाँ वर्ष २०८१लाई स्वागत गर्दै गोले वंश उत्थान समाजलाई सहयोग गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएकाे जनाइएको छ । कार्यक्रममा चर्चित गायक राजेश पायल राईले आफ्नो बेजोड प्रस्तुति दिने बताइएकाे छ । 

पर्यटकीय स्थल अाेसियन पार्कमा हुने कार्यक्रममा २ हजार भन्दा बढी आगन्तुकहरूकाे उपस्थिति रहने जनाइएको छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरू संगै स्थानिय कलाकारहरूकाे पनि बेजाेड प्रस्तुती रहने जनाइएकाे छ ।  कार्यक्रम सँगसँगै गोले वंश उत्थान समाजलाई सहयोग जुटाउन टिकट दर न्यूनतम रु ३०० र अधिकतम रु१ हजार तोकिएको छ । 

प्रतिक्रिया

सम्बन्धित