इन्डियन आइडलबाट बाहिरिएपछि मेनुकाले भनिन 'त्याे स्टेजमा गाउन पाउनु नै ठूलो कुरा हो'

इटहरी । भारतीय रियालिटी सो 'इन्डियन आइडल' बाट नेपालकी मेनुका पौडेल बाहिरिएकी छिन्।आइतबार प्रसारित एपिसोडबाट उनी बाहिरिएको घोषणा गरिएको हो। मेनुका आइडलको टप १० भित्र मात्रै सिमित बनेकि हुन् ।

मेनुकाले आफू बाहिरिएसँगै सामाजिक सञ्जालमार्फत् हालसम्मको साथ र सहयोगका लागि सबैप्रति आभार व्यक्त गरेकी छन्। आइडलको यात्रा टुंगिए पनि आफ्नो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको उनले उल्लेख गरेकी छन्।

'मेरो इन्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ। म सबैजनालाई आश्वस्त तुल्याउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रियरुपमा गायन र प्रस्तुतिमार्फत् सबैलाई मनोरञ्जन दिन सक्नेछु। यो मेरो सुरुवात हो, समाप्ति होइन', उनले लेखेकी छन्।  

फ्यानहरुलाई आफ्नो गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिनसमेत उनले आग्रह गरेकी छन्। यो वर्षभरि नै आफ्नो पाइपलाइनमा संगीतको योजना रहेको उनको भनाइ छ।‘एकदमै खुसी लागिरहेको थियो। इन्डियन आइडलको अडिसनमा गाउन पाउनु नै ठूलो कुरा हो।

यहाँसम्म आएर मैले गरेको मिहिनेत र दर्शकहरूको आर्शिवाद लागिरहेको छ। एकदमै खुसी छु’, उनले भनिन्। आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै उनले ‘सलार’ मा समावेश गीत समेत गाएकी थिइन्। इन्डियन आइडल सिजन १४ को सुरुवाती अडिसनबाट नै मेनुका चर्चामा थिइन्।

प्रतिक्रिया

सम्बन्धित