फिल्म खेल्दै हर्क साम्पाङ : ‘खजुरे ब्रो’ काे विशेष भुमिकामा देखिने

इटहरी । धरानका मेयर हर्क साम्पाङले पनि चलचित्र खेल्ने भएका छन् । उनले चलचित्र ‘खजुरे ब्रो’ मा अभिनय गर्ने भएका छन् । चलचित्र ‘खजुरे ब्रो’ मा उनी विशेष भूमिकामा देखिने भएका छन् ।

निर्माण टोली अनुसार चलचित्रमा उनको एक मिनेट लामो दृश्य छायाङ्कन गरिएको छ । उनलाई मेयरकै भूमिका देख्न सकिने कार्यकारी निर्माता डायमण्ड उप्रेतीले जानकारी दिएका छन् । फिल्मले धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण टिमको भनाइ छ ।

कमेडी जनरामा बन्ने फिल्मको लेखन तथा निर्देशन सुरज सुनुवारले गरेका छन् भने नवीन मानन्धर र सुरज सुनुवारले लगानी गरेका छन् । फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, शान्तिला तामाङ, सुजाता राईलगायत कलाकारको अभिनय रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित