सर्दुमा बृक्षारोपण गर्ने हर्कको अभियानमा अदालत बाधक , कुनै प्रकारको गतिविधि नगर्न उच्च अदालत विराटनगरकाे आदेश
धरान / सुनसरीको धरान उपमहानगरपालिका ४ सर्दु जलाधार क्षेत्रमा तत्काल कुनै प्रकारको बृक्षा रोपण नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
विराटनगरस्थित उच्च अदालतका न्याधिश मिलन कुमार राईको एकल इजलासले सो आदेश जारी गरेकाे हो । गत साउन ६ गते शनिवार श्रमदान अभियान भन्दै धरान उपमहानगरका मेयर हर्क साम्पाङले निजी जग्गामा बृक्षा रोपण गरेपछि विवाद उत्पन्न भएको थियो । धरान १ का पूर्व वडाध्यक्ष समेत रहेका पर्यटन व्यवसायी रोशन अधिकारीले भाेगचलन गर्दै आएको निजी जग्गामा साम्पाङले सयाैकाे सङ्ख्यामा समर्थकहरू लगेर जबरजस्ती बृक्षा रोपण गरेका थिए ।
सोही विषयलाई लिएर पीडित अधिकारीले न्यायको माग गर्दै उच्च अदालत मोरङमा रिट दायर गरे बमोजिम अदालतले अधिकारीकै पक्षमा बिहीबार फैसला सुनाएको हो । अदालतले सो जमिन ब्याक्तीकाे नाममा दर्ता देखिएकाले तत्काल कुनै प्रकारको गतिविधि नगर्न विपक्षीलाई आदेश जारी गरेको छ ।
अदालतले रोजिना अधिकारीको स्वामित्वमा रहेको कित्ता नं ४२१ र ३४५ को क्षत्रेमा कुनै प्रकारको गतिविधि नगर्न र अनाधाकृत जो कोहीलाई प्रवेश गरेर दुख नदिन भनिएको छ । अदालतको आदेश सँगै सो क्षेत्रमा धरान उपमहानगरका मेयर हर्क साम्पाङले बृक्षा रोपण लगायत श्रमदान अभियान रोकिने भएको छ ।
शनिवार सोही क्षेत्रमा हजाराैकाे सङ्ख्या सहित श्रमदान गर्ने अभियानमा जुटेका मेयर साम्पाङले पाइलालाई उच्च अदालत मोरङले यही बिट मारेको छ । अदालतको फैसला पछि जग्गाधनी रोशन अधिकारीले न्यायको जित भएको दाबी गरेका छन् । अधिकारीले सो जग्गामा लामो समयदेखि पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
![धरानकाे बुढासुब्बा मन्दिर : भाले बाेकेर सिक्किम र भुटान देखि आउछन भक्तजन](https://snowberry.prixacdn.net/media/gallery_folder/budhasuw_8H7Czkg4z1_lob8s4sptapovvvjaibqzwvg1sqryatt6poxy3hojplweh97ipllwryf5nhd_y8EoWZ8E1M_wj5ik3waujuscgd94xsxys7sfc2hojnypuakhpvjhe36gvw5rezgtyqfgbiy.jpg)
धरानकाे बुढासुब्बा मन्दिर : भाले बाेकेर सिक्किम र भुटान देखि आउछन भक्तजन
![धरानमा श्रमदान भन्दै नम्बरी जग्गामा राेपियाे बिरूवा, बिरूवा उखेले डाेजर चलाउने साम्पाङकाे धम्की](https://snowberry.prixacdn.net/media/gallery_folder/harka%2520sampang_bEiwZAsv3l_gkmrjbyspyg2ezcyksq0edgyq0soitmuwwwmwhkpnqqlc1np3uiqpfriqcrx_TF4iUz6RWX_iv8wqtpxk1cfvlicv8tnggjynttdahvwpxpdovpa6dvras0qsntg736moush.jpg)
धरानमा श्रमदान भन्दै नम्बरी जग्गामा राेपियाे बिरूवा, बिरूवा उखेले डाेजर चलाउ…
![बाढीले बगाएको २८ दिन पछि हेवा खोलामा बन्यो नयाँ पुल](https://snowberry.prixacdn.net/media/gallery_folder/hewa%2520khola_lM9FPrAoi1_lsdzidu3fxiozddkzswmavhz0mi90vdghbkstdas5nnemsx5m4qkclmlzmzw_GjkLNT7gmD_y1pkk14wus4vet7y19fzyeclov09uvhzklkvlufsasooeht0cbbwafgzzjgq.jpg)
बाढीले बगाएको २८ दिन पछि हेवा खोलामा बन्यो नयाँ पुल
![बाढीले बगाएको २८ दिन पछि हेवा खोलामा बन्यो नयाँ पुल](https://snowberry.prixacdn.net/media/gallery_folder/hewa%2520khola_lM9FPrAoi1_lsdzidu3fxiozddkzswmavhz0mi90vdghbkstdas5nnemsx5m4qkclmlzmzw_QO6DbhqcHo_xcgmhzcaniceixn285iwabtxhvpdrmuzf6kvqkb3xoktxxn6faarxz7sutmb.jpg)
बाढीले बगाएको २८ दिन पछि हेवा खोलामा बन्यो नयाँ पुल
![कोशी प्रदेशमा दुई दिनको बाढीले जलविद्युतमा नौ अर्बभन्दा बढीको क्षति ,हाइड्रोमा लगानी बालुवामा पानी](https://snowberry.prixacdn.net/media/gallery_folder/pradesh1%2520badi_8tNFRISLDj_ubsmkbvnnqxequydoib3ed5pqkortbnclxqcutgjunogqyldpzfpye6u51hl_JqAUFxct8x_xvcz4jiixbexn57zp1gfvzogmuqvzaaxmkjttp62b5czfg6riinydwhfzrqu.gif)
कोशी प्रदेशमा दुई दिनको बाढीले जलविद्युतमा नौ अर्बभन्दा बढीको क्षति ,हाइड्रोमा…
![मिक्लाजुङमा २९ वर्षिय ठिटाेकाे लाेभलाग्दाे कालिज फर्म : बैंककाे जागिर छाेडदा घरमा गाली , अहिले जताततै ताली](https://snowberry.prixacdn.net/media/gallery_folder/355192305_674192018053194_559233346924303604_n_zjqp0IzAkU_ztwwzxz9diceatoqtdzuqqye1odaaj0jree3ehezdzhrd4ben81sxotobqjl_RLXow4Mcs7_xn9vd8fushrt6kdbtlmykb3rp7n7jenqxvpleup9tifrknypmazdiuhwdnpi_0NaqB7erbj_ib884mnvqoehrbhagazt69eq96s5it97y4k8vwgtucsylko1ypxl6fslc4te.jpg)
प्रतिक्रिया