धरानमा श्रमदान भन्दै नम्बरी जग्गामा राेपियाे बिरूवा, बिरूवा उखेले डाेजर चलाउने साम्पाङकाे धम्की
अन्याय भयाे अब अदालत जान्छु : पिडित व्यवसायी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/harka%2520sampang_bEiwZAsv3l_gkmrjbyspyg2ezcyksq0edgyq0soitmuwwwmwhkpnqqlc1np3uiqpfriqcrx_TF4iUz6RWX_iv8wqtpxk1cfvlicv8tnggjynttdahvwpxpdovpa6dvras0qsntg736moush.jpg)
धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ एक पछि अर्को विवादमा तानिँदै जनविश्वास गुमाउन पुगेका छन् । श्रमदानको नाममा ब्याक्तीकाे नम्बरी जग्गामा जबरजस्ती बिरुवा रोप्न थालेपछि मेयर साम्पाङ थप विवादमा तानिएका हुन् ।
शनिवार श्रमदान गर्ने दिन भनी धरान उपमहानगर १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीले भाेगचलन गर्दै आएको धरान ४ नं स्थित नम्बरी जग्गामा बृक्षाराेपण गरेपछि विवाद उत्पन्न भएको छ । जग्गाधनी सँग कुनै सोधी खोजी नै नगरी अचानक हुलका हुल मान्छे ल्याएर आफ्नो जग्गामा बिरुवा रोप्न थालेको र प्रतिकार गर्दा मेयर साम्पाङका समर्थकहरू जाइलागेको पीडित अधिकारीले बताए । धरान उपमहानगर ४ स्थित अधिकारीको निजी जग्गामा उपमहानगरले जबरजस्ती वृक्षारोपण गरेको पूर्व वडाध्यक्ष अधिकारीको भनाइ छ ।
उक्त जग्गाको लालपुर्जा रोजिना अधिकारीको नाममा रहेको देखिएको छ । उक्त जग्गा २०६८ साल देखि नै भाेगचलन गर्दै आएको मालपोत कार्यालयबाट जारी धनी पुर्जामा देखिएको छ ।साम्पाङले अधिकारीको नाममा रहेको निजी जग्गामा बृक्षाराेपण गरेपछि विवाद उत्पन्न भएको हो । अधिकारी पूर्व वडाध्यक्ष सँगै कोसी प्रदेशमा साहसिक खेल प्याराग्लाइडिङ विकास एव प्रवर्द्धन गर्ने पहिलो व्यवसायी पनि हुन । उनी मेयर साम्पाङकाे अराजक गतिविधि विरुद्ध कानुनी उपचारमा जाने भएका छन् ।
अब अदालत जान्छु मलाइ अन्याय भयो न्याय खोज्छु उनले भने । यता हर्क साम्पाङले जबरजस्ती बिरुवा रोप्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । साम्पाङलाइ अराजकता रोक्न सभ्य हुन र नगर प्रमुखको गरिमा बचाउन उनकै समर्थकहरूले सञ्जाल मार्फत अनुरोध गरिरहेका छन् ।
बिरूवा उखेले डाेजर चलाउने धम्की
यता निजी जग्गामा बृक्षाराेपण गर्दा विवाद उत्पन्न भएपछि धरान उपमहानगरका मेयर साम्पाङले चुप लागेर बस्न पीडितलाई उल्टो धम्की दिएका छन् । विवादपछि तुरुन्त सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर साम्पाङले रोपेको बिरुवा उखेले डोजर चलाइदिने धम्की समेत दिएका छन् । यति मात्र नभई साम्पाङले व्यवसायी अधिकारीलाई भू माफियाको संज्ञा समेत दिएका छन् ।
यस अघि नक्सा पास बिनै निर्माण भएको धरान १४ स्थित चर्चको विषयलाई लिएर उनको अभिब्याक्तीहरू निकै आलोचित र खेदपूर्ण रहेको थियो । पछिल्लो साता उनको गतिविधि अराजक बन्दै गएको धरानका बुद्धिजीवी तथा राजनीतिक विश्लेषकहरूले पनि टिप्पणी गर्दे आएका छन् ।
![धरानकाे बुढासुब्बा मन्दिर : भाले बाेकेर सिक्किम र भुटान देखि आउछन भक्तजन](https://snowberry.prixacdn.net/media/gallery_folder/budhasuw_8H7Czkg4z1_lob8s4sptapovvvjaibqzwvg1sqryatt6poxy3hojplweh97ipllwryf5nhd_8n7YBZ0Xnj_xr7mcyvmnpqk7x1udtek5dmt0yccpu5uz7wifxra1croml2axsqtwhdem1hh.jpg)
धरानकाे बुढासुब्बा मन्दिर : भाले बाेकेर सिक्किम र भुटान देखि आउछन भक्तजन
सर्दुमा बृक्षारोपण गर्ने हर्कको अभियानमा अदालत बाधक , कुनै प्रकारको गतिविधि न…
![बाढीले बगाएको २८ दिन पछि हेवा खोलामा बन्यो नयाँ पुल](https://snowberry.prixacdn.net/media/gallery_folder/hewa%2520khola_lM9FPrAoi1_lsdzidu3fxiozddkzswmavhz0mi90vdghbkstdas5nnemsx5m4qkclmlzmzw_GjkLNT7gmD_y1pkk14wus4vet7y19fzyeclov09uvhzklkvlufsasooeht0cbbwafgzzjgq.jpg)
बाढीले बगाएको २८ दिन पछि हेवा खोलामा बन्यो नयाँ पुल
![बाढीले बगाएको २८ दिन पछि हेवा खोलामा बन्यो नयाँ पुल](https://snowberry.prixacdn.net/media/gallery_folder/hewa%2520khola_lM9FPrAoi1_lsdzidu3fxiozddkzswmavhz0mi90vdghbkstdas5nnemsx5m4qkclmlzmzw_QO6DbhqcHo_xcgmhzcaniceixn285iwabtxhvpdrmuzf6kvqkb3xoktxxn6faarxz7sutmb.jpg)
बाढीले बगाएको २८ दिन पछि हेवा खोलामा बन्यो नयाँ पुल
![कोशी प्रदेशमा दुई दिनको बाढीले जलविद्युतमा नौ अर्बभन्दा बढीको क्षति ,हाइड्रोमा लगानी बालुवामा पानी](https://snowberry.prixacdn.net/media/gallery_folder/pradesh1%2520badi_8tNFRISLDj_ubsmkbvnnqxequydoib3ed5pqkortbnclxqcutgjunogqyldpzfpye6u51hl_CuURgH8gR3_82rasxiepeqphmvgwqfcfrlnc8iiez2jr7nbkmkto9iibfpup4omfhgd8pj3.gif)
कोशी प्रदेशमा दुई दिनको बाढीले जलविद्युतमा नौ अर्बभन्दा बढीको क्षति ,हाइड्रोमा…
![मिक्लाजुङमा २९ वर्षिय ठिटाेकाे लाेभलाग्दाे कालिज फर्म : बैंककाे जागिर छाेडदा घरमा गाली , अहिले जताततै ताली](https://snowberry.prixacdn.net/media/gallery_folder/355192305_674192018053194_559233346924303604_n_zjqp0IzAkU_ztwwzxz9diceatoqtdzuqqye1odaaj0jree3ehezdzhrd4ben81sxotobqjl_RLXow4Mcs7_xn9vd8fushrt6kdbtlmykb3rp7n7jenqxvpleup9tifrknypmazdiuhwdnpi_0NaqB7erbj_ib884mnvqoehrbhagazt69eq96s5it97y4k8vwgtucsylko1ypxl6fslc4te.jpg)
प्रतिक्रिया