मिक्लाजुङमा २९ वर्षिय ठिटाेकाे लाेभलाग्दाे कालिज फर्म : बैंककाे जागिर छाेडदा घरमा गाली , अहिले जताततै ताली

सुन्दरहरैँचा / मोरङ मिक्लाजुङ  गाउँपालिका ६ का कृषक सन्ताेष बाेहाेराले  व्यवसायिक रूपमा  कालिज पालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।    आफ्नै स्वदेशमा केही कृषिकर्म गर्ने साेचले २९ बर्षिय सन्ताेषले हिमालयन वाइल्ड लाइफ एग्रो कम्पनी प्रालि दर्ता गरि व्यवसायिक रूपमा कालिज पालन गरेका हुन् । कालिज पालनबाट अहिले  खर्च कटाएर मासिक रूपमा एक लाख आम्दानी गर्न सफल भएकाे सन्ताेषले बताए  । उनले कालिजकाे लागि सम्भावना तथा  बजारकाे अवस्था राम्रो रहेको उल्लेख गरे । शुरूमा वाेइलर कुखुरा पालन गरेका सन्ताेषले यसबाट राम्रो आम्दानी हुन् नसकेपछि बैंककाे जागिर छाडेर रू १० लाख ऋण  लगानीबाट कालिज पालन गरेका थिए ।

१ सय ५० वटा कालिजबाट सुरू गरेकाे फर्ममा अहिले १५ सय कालिज छन् सन्ताेषले भने  "आम्दानीको हिसाबले राम्रो रहेको कालिजपालन व्यवसायकाे बजारीकरणमा कुनै समस्या छैन" नेपाल सरकारले व्यवसायिक कालिजपालनलाइ अनुमति दिएकाे चाल पाएर कृषिमा  केही राम्रो काम गर्छु भन्ने साेचले अगाडि बढेकाे सन्ताेषले उल्लेख गरे ।     व्यवसायिक रूपमा विगत ४ बर्ष देखि कालिज पालन गर्दै आएका सन्ताेषले आफ्नै फर्ममा ह्याचिङ गरी चल्ला उत्पादन गरेर बजारमा अण्डा तथा मासु पनि बिक्रि वितरण गर्दै आएका छन् ।  "स्थानीय बजारका साथै  विराटनगर , झापा ,तेह्रथुम , ताप्लेजुङ, धरान ,धनकुटा  लगायत काेशी प्रदेश भरि कालिजकाे बजार विस्तार गर्न सफल भएको छु सन्ताेषले भने "सन्ताेषकाे कालिज फर्ममा स्थानीय केही कामदारले राेजगारी समेत पाउँन सफल भएका छन् । एसियन मुलुक बाहेक युरोपकाे विभिन्न देशमा अहिले व्यवसायिक कालिज पालन फस्टाएकाे सन्ताेष बताउँछन् ।"

कालिज पालनका लागि खासै तापक्रमले प्रभाव पार्न नसक्ने उनको अनुभव रहेको छ ।`` जाहाँकाे माैसममा चल्ला उत्पादन गरियाे तेहि माैसम तथा घामपानीमा कालिज पाल्दा उपयुक्त हुन्छ  सन्ताेष बताउँछन्  कालिजपालन  नाैलाे व्यवसाय रहेकोले यसबाट आत्मासन्टुष्टी मिल्नुका साथै आम्दानीकाे स्रोत बलियाे भएको छ ।    

कालिज ८/९ महीनामा बिक्रीयोग्य हुने कृषक सन्ताेषकाे भनाइ रहेको छ । स्वस्थ्य कालिजको तौल दुई केजीसम्म हुन्छ, पोथीले नाै महीना पुगेपछि अण्डा पार्न थाल्छ´´सन्ताेषले भने ``बजारमा कालिज होलसेल भालेपोथी जोडीको ४ हजार देखि  खुद्रा भाले जोडीको ५ हजार तथा अन्डा रू ८०  सम्ममा बिक्री हुन्छ । आफ्नाे ५ कठ्ठा जग्गामा कालिज पालन गरेको बताउँने सन्ताेषले अहिले फर्ममा रू ४० लाख लगानी गरि शुरूवातकाे ऋण यसैबाट तिर्न सफल भएर  जिविकापार्जन गरेको उल्लेख गरे । उनले विदेश जाँदाकाे लगानी तथा मिहेनत युवाले स्वदेश मै गर्दा राम्रो हुने अनुभव सुनाए   ।     

शुरूमा  रू १५ सय प्रतिगाेटाले कालिजकाे चल्ला किनेर व्यवसाय गरेका सन्ताेषले अहिले रू २ सय ५० मा आफ्नाे फर्मबाट चल्ला बिक्री गरेर गाउँघरमा अरूलाई पनि याे पेशामा डाेहाे-याउँन सफल भएका छन् । कालिज पालन व्यवसाय बढ्दै गए पछि नेपालमा पाइने जंगली कालिजको चोरी शिकारी राेकिनु पर्ने  सन्ताेषले उल्लेख गरे । आफु जस्तो स्वदेशमा केही राम्रो काम गर्न चाहाने कृषककाे लागि सरकारले सस्तो व्याजदरमा  ऋणपान तथा अनुदानकाे व्यवस्था गर्न  जरूरी रहेको सन्ताेषले बताए । उनले उत्कृष्ट कृषककाे स्थानीय सरकारले छनाेट गरि पुरस्कृत गरेर व्यवसायमा हाैसला दिन आवश्यक रहेको बताए ।      

नेपालमा पछिल्ला दिनहरूमा कुखुरा , हाँस, अष्ट्रिज, लगायतका पंक्षिहरूको पालन गरिने पुरानै व्यवसाय भएको भएपनि कालिजलाई नाैलाे व्यवसाय मानिन्छ । नयाँ व्यवसायका रूपमा युवा किसान सन्ताेषले व्यावसायिक कालिजपालन गरेर आफ्नाे ठाउँलाइ  नै चिनाउने काम गरेको मिक्लाजुङ  ६ का वडा अध्यक्ष खडीबहादुर मगरले जानकारी दिए । उनले इच्छाशक्ति भए जुनसुकै राम्रो काम र व्यवसाय गरेर स्वदेशमै  आम्दानी गर्न सकिने   जनाउँदै सन्ताेषलाई व्यावसायिक कालिजपालनका लागि हरप्रकारको सहयोग गर्न आफू तयार रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित