बाढीले बगाएको २८ दिन पछि हेवा खोलामा बन्यो नयाँ पुल

इटहरी । गत असार ३ गते अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको मेची राजमार्ग आज (आइतबार) देखि पूर्णरुपमा सञ्चालनमा आएको छ। बाढीले मेची राजमार्ग अन्तर्गतको हेवा खोला पुल बगाएपछि ताप्लेजुङ जिल्लासँग यातायातको सम्बन्ध विच्छेद भएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल बगाएको चार साताभित्र नयाँ पुल निर्माण गरी यातायात सुचारु गराएको जिल्ला प्रशासनको कार्यालय ताप्लेजुङले जनाएको छ ।
पुल बगाएर यातायातका साधनहरू बिच बाटोमै अलपत्र पर्नुका साथै जिल्लामा अति आवश्यक सामग्री सहित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभरा दर्शनमा समेत कठिनाइ भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस विषयमा चासो देखाएको थियो । मन्त्रालयले तत्काल पुल निर्माण गरी यातायात सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन गरेपछि बाढीले बगाएको २८ दिनपछि नयाँ पुल बनेको हो ।
मन्त्रालयले निर्देशन दिएको २८ दिनभित्र बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनमा आएको हो । बेलिब्रिज निर्माण सक्नुअघि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। बनाएको डाइभर्सन पनि दुई पटक बाढीले बगाएको थियो। हेवाखाेलामा पुल बनेसङै अहिले यातायातका साधनहरू निर्बाध सञ्चालन हुन थालेका छन् भने सो क्षेत्रमा छिटपुट मात्रामा वर्षा भइरहेको छ ।
सर्दुमा बृक्षारोपण गर्ने हर्कको अभियानमा अदालत बाधक , कुनै प्रकारको गतिविधि न…

धरानमा श्रमदान भन्दै नम्बरी जग्गामा राेपियाे बिरूवा, बिरूवा उखेले डाेजर चलाउ…

बाढीले बगाएको २८ दिन पछि हेवा खोलामा बन्यो नयाँ पुल

कोशी प्रदेशमा दुई दिनको बाढीले जलविद्युतमा नौ अर्बभन्दा बढीको क्षति ,हाइड्रोमा…

प्रतिक्रिया