सर्दुमा बृक्षारोपण गर्ने हर्कको अभियानमा अदालत बाधक , कुनै प्रकारको गतिविधि नगर्न उच्च अदालत विराटनगरकाे आदेश

धरान / सुनसरीको धरान उपमहानगरपालिका ४ सर्दु जलाधार क्षेत्रमा तत्काल कुनै प्रकारको बृक्षा रोपण नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

विराटनगरस्थित उच्च अदालतका न्याधिश मिलन कुमार राईको एकल इजलासले सो आदेश जारी गरेकाे हो । गत साउन ६ गते शनिवार श्रमदान अभियान भन्दै धरान उपमहानगरका मेयर हर्क साम्पाङले निजी जग्गामा बृक्षा रोपण गरेपछि विवाद उत्पन्न भएको थियो । धरान १ का पूर्व वडाध्यक्ष समेत रहेका पर्यटन व्यवसायी रोशन अधिकारीले भाेगचलन गर्दै आएको निजी जग्गामा साम्पाङले सयाैकाे सङ्ख्यामा समर्थकहरू लगेर जबरजस्ती बृक्षा रोपण गरेका थिए ।

सोही विषयलाई लिएर पीडित अधिकारीले न्यायको माग गर्दै उच्च अदालत मोरङमा रिट दायर गरे बमोजिम अदालतले अधिकारीकै पक्षमा बिहीबार फैसला सुनाएको हो । अदालतले सो जमिन ब्याक्तीकाे नाममा दर्ता देखिएकाले तत्काल कुनै प्रकारको गतिविधि नगर्न विपक्षीलाई आदेश जारी गरेको छ ।

अदालतले रोजिना अधिकारीको स्वामित्वमा रहेको कित्ता नं ४२१ र ३४५ को क्षत्रेमा कुनै प्रकारको गतिविधि नगर्न र अनाधाकृत जो कोहीलाई प्रवेश गरेर दुख नदिन भनिएको छ । अदालतको आदेश सँगै सो क्षेत्रमा धरान उपमहानगरका मेयर हर्क साम्पाङले बृक्षा रोपण लगायत श्रमदान अभियान रोकिने भएको छ ।

शनिवार सोही क्षेत्रमा हजाराैकाे सङ्ख्या सहित श्रमदान गर्ने अभियानमा जुटेका मेयर साम्पाङले पाइलालाई उच्च अदालत मोरङले यही बिट मारेको छ । अदालतको फैसला पछि जग्गाधनी रोशन अधिकारीले न्यायको जित भएको दाबी गरेका छन् । अधिकारीले सो जग्गामा लामो समयदेखि पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित