धरानमा श्रमदान भन्दै नम्बरी जग्गामा राेपियाे बिरूवा, बिरूवा उखेले डाेजर चलाउने साम्पाङकाे धम्की

अन्याय भयाे अब अदालत जान्छु : पिडित व्यवसायी

धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ एक पछि अर्को विवादमा तानिँदै जनविश्वास गुमाउन पुगेका छन् । श्रमदानको नाममा ब्याक्तीकाे नम्बरी जग्गामा जबरजस्ती बिरुवा रोप्न थालेपछि मेयर साम्पाङ थप विवादमा तानिएका हुन् ।

शनिवार श्रमदान गर्ने दिन भनी धरान उपमहानगर १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीले भाेगचलन गर्दै आएको धरान ४ नं स्थित  नम्बरी जग्गामा बृक्षाराेपण गरेपछि विवाद उत्पन्न भएको छ । जग्गाधनी सँग कुनै सोधी खोजी नै नगरी अचानक हुलका हुल मान्छे ल्याएर आफ्नो जग्गामा बिरुवा रोप्न थालेको र प्रतिकार गर्दा मेयर साम्पाङका समर्थकहरू जाइलागेको पीडित अधिकारीले बताए । धरान उपमहानगर ४ स्थित अधिकारीको निजी जग्गामा उपमहानगरले जबरजस्ती वृक्षारोपण गरेको पूर्व वडाध्यक्ष अधिकारीको भनाइ छ ।

उक्त जग्गाको लालपुर्जा रोजिना अधिकारीको नाममा रहेको देखिएको छ । उक्त जग्गा २०६८ साल देखि नै भाेगचलन गर्दै आएको मालपोत कार्यालयबाट जारी धनी पुर्जामा देखिएको छ ।साम्पाङले अधिकारीको नाममा रहेको निजी जग्गामा बृक्षाराेपण गरेपछि विवाद उत्पन्न भएको हो । अधिकारी पूर्व वडाध्यक्ष सँगै कोसी प्रदेशमा साहसिक खेल प्याराग्लाइडिङ विकास एव प्रवर्द्धन गर्ने पहिलो व्यवसायी पनि हुन । उनी मेयर साम्पाङकाे अराजक गतिविधि विरुद्ध कानुनी उपचारमा जाने भएका छन् ।

अब अदालत जान्छु मलाइ अन्याय भयो न्याय खोज्छु उनले भने । यता हर्क साम्पाङले जबरजस्ती बिरुवा रोप्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । साम्पाङलाइ अराजकता रोक्न सभ्य हुन र नगर प्रमुखको गरिमा बचाउन उनकै समर्थकहरूले सञ्जाल मार्फत अनुरोध गरिरहेका छन् ।

बिरूवा उखेले डाेजर चलाउने धम्की

यता निजी जग्गामा बृक्षाराेपण गर्दा विवाद उत्पन्न भएपछि धरान उपमहानगरका मेयर साम्पाङले चुप लागेर बस्न पीडितलाई उल्टो धम्की दिएका छन् । विवादपछि तुरुन्त सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर साम्पाङले रोपेको बिरुवा उखेले डोजर चलाइदिने धम्की समेत दिएका छन् । यति मात्र नभई साम्पाङले व्यवसायी अधिकारीलाई भू माफियाको संज्ञा समेत दिएका छन् । 

यस अघि नक्सा पास बिनै निर्माण भएको धरान १४ स्थित चर्चको विषयलाई लिएर उनको अभिब्याक्तीहरू निकै आलोचित र खेदपूर्ण रहेको थियो । पछिल्लो साता उनको गतिविधि अराजक बन्दै गएको धरानका बुद्धिजीवी तथा राजनीतिक विश्लेषकहरूले पनि टिप्पणी गर्दे आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित