उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेशनहरू पुग्यो 'बगान' टोली


असार २९ गते देशभर रिलिज हुने नेपाली चलचित्र ुबगानुको टोली काठमाडौँ उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेशनहरूमध्ये तीन वटा चितवन, बुटवल र पोखरा पुगेको छ । बुधवार हुने ग्राण्ड प्रिमियर इभेन्ट केहि दिन अघि अभिनेता तथा निर्देशक सरोज खनालसहित अभिनेत्री करिश्मा मानन्धर, नव अभिनेत्री प्रमिला कार्की र निर्माता तथा गीतकार सुरेश वाग्लेको टोली उपत्यका बाहिर निस्किएको थियो । शनिवार सबेरै चितवन पुगेको टोली आइतवार साँझ पोखरा हुँदै काठमाडौँ फर्किन लागेको हो ।

नेपाली चलचित्र प्रदर्शन हुने नेपालका हरेक कुनाकाप्चा पुग्ने इच्छा भएतापनि समयअभावका कारण सम्भव नभएको निर्देशक तथा अभिनेता खनालले बताए । प्रचारयात्रामा आइतवार पोखराको पत्रकार सकेपछि निर्देशक खनालले भने, ूमेरो चाहना नेपालका हरेक कुनाकाप्चामा पुग्नु थियो । निर्देशक पनि आफैँ भएको कारण चलचित्रको प्राविधिक काममा बढि समय दिनुपरेको कारण यो चलचित्रको लागि तीनवटा प्रमुख स्टेशनहरूमा मात्र पुग्न सकियो ।ू

उपत्यका बाहिर भएका पत्रकार सम्मेलनमा ुबगानुको बिषयवस्तु र हेर्नुपर्ने कारणहरूबारे चर्चा भएका छन् । शनिवार चितवनमा पत्रकार भेटघाट गर्दै निर्देशक खनालले हरेक घरका महिलाको दुःख, समस्या र त्यसको समाधान सहितको चलचित्र रहेको बताए । अभिनेत्री करिश्मा मानन्धरले‘बगान’ले नेपाली चलचित्र क्षेत्रमा क्रान्ति गर्ने बताइन् । नव अभिनेत्री प्रमिला कार्कीले खनाल र मानन्धरसँग जोडिएर काम गर्न पाउँदा धेरै सिक्ने अवसर मिलेको र ुबगानु आफ्नो लागि विश्वविद्यालय सावित भएको उल्लेख गरिन् ।

चितवनमा गरिएको पत्रकार सम्मेलन पश्चात ुबगानु टिमले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग भेट गरेको थियो । चलचित्र हेर्न इच्छा जाहेर गर्दै मेयर दाहालले चलचित्रबारे बिशेष चासो राखेको निर्माता वाग्लेले बताए । उनका अनुसार ुबगानुले उठान गरेको विषयको बारेमा जानकारी लिदै यी र यस्तै महिलासँग जोडिएको विषयलाई  चलचित्रमार्फत समाजमा ल्याउनु पर्ने बताईन् ।


शनिवार नै भएको बुटवलको सम्मेलनमा अभिनेता तथा निर्देशक खनालले आफ्नो विगतलाई सम्झना गरे । उनले ३० वर्ष अघि ुसारंगीु चलचित्रको प्रचारको लागि आफु बुटवल गएको सम्झना गरे । त्यहाँ खनालले ुबगानुले नेपाली समाजको यथार्थ चित्रण गरेको बताए । उनले हरेक महिलाको हक अधिकार चाहनाको पक्षमा समाज हिड्न नसक्दा यस्तो कथा जन्मिएको बताए । अभिनेत्री मानन्धरले यो चलचित्र हरेक समाजका कुरिती र कुसंस्कृति विरुद्धको आवाज बगान भएको बताईन् । समाजमा व्याप्त नारीको बेदनालाई टपक्क टिपेर कथा बुनिएको नव नायिका कार्कीले बताईन् ।

पोखराको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक खनालले हाम्रो पितृसतात्मक समाजमा अझै पनि एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको बताउँदै एकल महिलाका कथालाई दबाएर राख्न हुदैन भन्ने लागेर नै बगान बनाइएको बताए । उनले समाजमा पछाडी परेको विषयलाई अगाडि ल्याउने उद्देश्य सहित चलचित्र निर्माण गरिएको जनाए । ‘४० वर्ष भयो म सिनेमा क्षेत्रमा लागेको । एकल महिलालाई हिजो हाम्रो समाजले जुन रुपले हेथ्र्यो आज पनि उस्तै छ जस्तो लाग्छ । एकल महिलालाई पनि यो समाजमा जिउने अधिकार छ । उनीहरुका पनि आफ्ना समस्या छन् । जसलाई बगान मार्फत उठाउने प्रयास गरिएको छ ।’, उनले भने । अभिनेत्री मानन्धरले ुबगानु आफ्नो लागि महत्वपूर्ण चलचित्र भएको उल्लेख गरिन् । यो चलचित्र समाजको ऐना भएको उनले समाजले बुझ्ने र आफ्नोपनको महशुस गर्ने गरी चलचित्र निर्माण भएको बताईन् ।

काठमाडौँ बाहिरका दर्शक र सञ्चारकर्मीसँग प्रत्यक्ष भेटेर साक्षात्कार गर्ने उद्देश्यले प्रदर्शनकै सातामा समेत भ्रमण गरेको निर्माता सुरेश वाग्लेले बताए । उपत्यका बाहिरका पत्रकार भेटघाटमा एकल आमाले निशुल्क हेर्न पाउने बिषयमा पनि चर्चा भएको छ । यो चलचित्रले देशभरनै एकल आमाहरूलाई निशुल्क चलचित्र देखाउने घोषणा गरिसकेको छ । यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ ।

यस चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् । नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने  कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि।एफ।एक्स। तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ुबगानुको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।  फोटोः परिचय डटकम

प्रतिक्रिया

सम्बन्धित