गायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ सार्वजनिक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/maxresdefault_b36jYfYlYo_g6ltpldghxkwvw0okurfdk8avtoni8m6xmrgm0tz05wpki1rzw0eozosnop9_WofLMJVvE2_2cjdgqnvyhlrjr5c5vhqwpisw5azvodgorh5ij106ha8nvpmk6tklerid9mm.jpg)
काठमाडौं । नेपालको पुर्वी तराई जिल्ला सर्लाहीको रमणिय ठाउँमा पिता अमन विश्वकर्मा र माता मैती कुमारी विश्वकर्माकी कान्छी सुपुत्रीकी रुपमा जन्मिएकी गायिका आश्मा विश्वकर्मा वर्तमान समयमा आफ्नै कर्म भूमीमा संघर्ष गर्दैछिन् । विश्वकर्मा आफ्नै कर्मभूमिमा रहेरपनि गीतसंगीतलाई निकै माया गरिरहेकी छिन् ।
हँसिलो मुहार मिलनसार स्वाभावकी गायिका विश्वकर्माको सानै देखि गीत गाउँने खुवै रुचि थियो । विश्वकर्माले फुर्सदको समयमा गीतहरु गाउने अनि सर्लाही बजारतिर घुम्न जाँदा आफुले सुनेका गीतहरु गुनगुनाउँदै बाल्यकाल बिताएकी थिइन् ।
आफ्नै देशको माटोमा पसिना बगाएर आफ्नो उज्ज्वल भविष्य बनाउने सुन्दर सपना बोकेकी विश्वकर्माले सोचेजस्तो नभएपछि संघर्ष नै रहेछ जिन्दगी भन्ने लागेको बताइन् । त्यसपछि उनले आफ्नो जीवनको यात्रा सांगीतक माहोलतिर मोडेकी थिइन् । उनले देशको दर्दनाक अवस्था तथा राजनीतिको चपेटामा परेर पनि कहिल्यै अरु नेपाली युवा युवतीहरु जस्तै हरियो पासपोर्ट हातमा लिएर प्रवासतिर लाग्ने सोच लिईनन् आफनै मातृभूमिमा संघर्ष गरी रहेकी छिन् ।
सोचेजस्तो कहाँ हुन्छ र जीवन गीत नै छ नि सोचेजस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन । हो ठ्याक्कै यो गीतले भने जस्तै विश्वकर्माको जीवनमा पनि भयो । अनगिन्ती सपनाहरु मध्येको एउटा अर्को सपना थियो गीत रेकर्ड गराएर नेपालको कुना–कुना, डाँडापाखा र भिर पहरामा गुञ्जाउने ।
तर,अहिले दुई दर्जन भन्दा धेरै गीत गाई सकेकी छिन् ।
आटेपछि नहुने के नै छ र ?
विश्वकमाले घरपरिवारको माया साथ सपोर्ट र हौसलाले गर्दा काठमाडौँमा रहेको धुन कलाकेन्द्र रेकर्डिङ स्टुडियोमा पहिलो पटक वरिष्ट गीतकार अम्बिका गुरुङ्गको शब्दमा रहेको बालगीतमा पहिलो पटक आवाज भरेकी थिइन् । गायिका विश्वकर्मालाई महसुस भयो कि सधैंको व्यस्त आफ्नो काम मात्र होईन गीतसंगीत लाई पनि समय दिन्छु भन्ने लाग्यो र संगीतकार राजन कार्की तथा कैलास राई र षडक संगीत पाठशालामा दुई वर्ष संगीत सिकेकी थिइन् । उनी अहिले आफ्नो गुरुहरुसँग गीत गाउने सल्ला माग्ने गर्छिन्।
नव गायिका रहेकी उनको सुमधुर स्वरमा रहेको ‘सधै भरी हास्नु तिमी’ बोलको गीतको भिडियो पछिल्ले सार्वजनिक भएको कोशेली हो । सन्दिप खनालको शब्द रहेको गीतमा केशव विश्वकर्माको संगीत रहेको छ भने आशिष लामाको एरेन्ज र मनोज परियारको मिक्सिङ तथा मास्टरिङ रहेको छ । काठमाण्डौको कालु पाण्डे डाडाको रमणिय स्थलहरुमा छायाँकन गरिएको गीतको भिडियोमा अनिल खनाल, जुना कार्की र परीक्षण लामाको अभिनय देख्न सकिन्छ।
भिडियोमा माया प्रेम मिलन बिछोडमा डुब्दै गरेका मायालु जोडिबीचको दैनिकीलाई कलात्मकशैलीमा देखाइएको छ । भिडियोमा केशव विश्वकर्माको छायाँकन, प्रदिप कुमार रसाइलीको निर्देशन तथा अमृत चापागाईको सम्पादन रहेको छ ।
![निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई](https://snowberry.prixacdn.net/media/gallery_folder/Daya-1_Vt5hUSJKph_pyxhtsyi3ajqwzqamz0tw8xditlcktm6j61yd7taqq4i6a58tvftiyvwq326_7pqhH3KgGO_t7urtwmn26y7odqc20nsbip6zzbujjtpc0eufgsddrvyqh74fs9xxxqyagv5.jpg)
निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई
![कलाकारकाे सरंक्षण प्रति प्रदेश सरकार कटिवद्ध छ : राज्य मन्त्री गुरूङ](https://snowberry.prixacdn.net/media/gallery_folder/film_ZVJl30ykZy_yrzvrrhp1xm2hwoyhxewh5nm2jrfxsuhdzg8sb2s08cxf0plychjgn5tin7p_m055iPnPaK_h7iyaztbo4c9ciptjitikkukhi8ugldfahlwhnrce0e80jhpjntn8xjvywic.jpg)
कलाकारकाे सरंक्षण प्रति प्रदेश सरकार कटिवद्ध छ : राज्य मन्त्री गुरूङ
![चर्चामा केकीको फिल्म ‘बोक्सीको घर’](https://snowberry.prixacdn.net/media/gallery_folder/kekiadhikari_bIXxyo1NIo_4ewb7fdcvpr5t5yhs7qmrjaxjgx7zzqwr878mwepevgfzdsqosdk9y8au5sp_tBynBq2H66_jr3p1dj3rzkflquxiewzzw6ukdnv3f73wivavbcrm1hzgmeftzlkwl12fxnb.png)
चर्चामा केकीको फिल्म ‘बोक्सीको घर’
![इटहरीको ओसीयन पार्कमा शुक्रबार राजेश पायल राईकाे बेजाेड प्रस्तुती रहने](https://snowberry.prixacdn.net/media/gallery_folder/nnnnn_IofldGM9MR_j2e37gplrpw0dpjpj1ranxjljfb6ung9zlnjikguhsjp8enkh9ooqttw6qf9_rGqXzrq06R_kbu3cocl8t7u1adhfvfkzduubz6pwalwnticxdwv3pfvz2qz5h0r6aat9pfp.jpg)
इटहरीको ओसीयन पार्कमा शुक्रबार राजेश पायल राईकाे बेजाेड प्रस्तुती रहने
![बाेकेदाह्री श्रीकृष्ण लुइँटेलकाे नयाँ म्युजिक भिडियो "गाह्रो छ हौ मलाइ" सार्वजनिक (भिडियाे)](https://snowberry.prixacdn.net/media/gallery_folder/shree_YAWgku2j1f_kkuor21od4semopsyymok3hbgqcm0pavgefib39qmmdmn3jtwho6djrvtkam_Kxqu1XOet2_9g50hhylqkykry1s89vhfpwnvu1s8vbq7izryuknnewifi2dh94qklxt5u1v.jpg)
प्रतिक्रिया