सुन्दरहरैंचामा राधाकृष्ण रथयात्रा धार्मिक विधि पूर्वक सम्पन्न (तस्विरहरू सहित)

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा स्थित राधाकृष्णको रथयात्रा समारोह धार्मिक विधिपुर्वक हर्षाेउल्लासमय वातावरणमा सम्पन्न भएको छ । राधाकृष्ण रथयात्रा समिति सुन्दरहरैँचा ९ तथा श्रीकृष्ण प्रणामी मन्दिर विराटचाेक लगायतद्वारा रथयात्रा निकालिएको हाे। राधाकृष्ण मन्दिर कालीखाेलाबाट निकालिएको रथ राधाकृष्ण मन्दिर, विराटचाेक, खाेर्साने, सलकपुर सम्म पुगेर पुन: कालीखाेला परिसरमा आएर सम्पन्न भएको थियाे । यसैगरी श्रीकृष्ण प्रणामी मन्दिरबाट निस्किएको रथ विराटचाेक, खाेर्साने, सलकपुर पुगेर मन्दिर परिसरमा आएकाे थियाे । रथ यात्राका क्रममा इन्द्रपुर सहकारी, नागदेवी मन्दिर समिति लगायतले खानेपानीकाे व्यवस्था गरेका थिए ।

रथयात्रामा धार्मिक भक्तजन, भजनकीर्तन टोली, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, समाजसेवी ,धर्मप्रेमी महानुभावहरु हर्षोल्लासका साथ सहभागी भएका थिए । मुख्य सडकको पेटीमा मानव सागरझैँ उर्लिएका भक्तजनलाई दर्शनको अवसर दिन विभिन्न ठाउँमा विश्राम गरी रथयात्रा अगाडि बढाइएको थियो । साथै अन्य सँस्कृति झल्किने झाँकी, लाखेनाच, नाचगान लगायत श्रद्घालुबीच चिसो पानी वितरण गर्ने विभिन्न सङघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मीहरु रथयात्रामा सहभागी थिए । सुन्दरहरैँचाको रथयात्रा विभिन्न संघ संस्थाको ब्यानरमा एकता र सदभावको साथमा धार्मिक विधिपूर्वक सहभागी भएर आफ्नो ठाउँको पहिचान तथा इतिहासलाई उच्च राख्दै रथयात्रामा हजारौँ श्रद्धालु भक्तजन सहभागी भएको श्रीकृष्ण प्रणामी मन्दिर रथयात्रा समाराेह समितिका अध्यक्ष प्रेमप्रसाद दंगालले जानकारी दिए ।

यस क्षेत्रमा विगत करिव ५० वर्षदेखि स्थापित श्रीकृष्ण प्रणामी मन्दिर विराटचोकबाट शुरु भएको रथयात्रा आफ्नाे ठाउँको धार्मिक सामाजिक मुल्य मान्यतालाई कायम राख्दै अघि बढ्न सफल भएको स्थानीय रामप्रसाद गजुरेलले बताए । उनले विगत बर्षमा नगरपालिका तथा श्री कृष्ण प्रणामी मन्दिर विराटचाेककाे करिव १५ लाख लगानीमा निर्माण गरिएको ठूलाे तथा आकर्षण रथकाे सदुपयोग हुन नसक्नु राम्रो पक्ष नभएकोले आगामी समयमा उत्त रथकाे सहि सदुपयोग गर्नु पर्ने जरुरी रहेको समेत उल्लेख गरे।

रथयात्राबाट पाहिने फल र विधि

भगवान श्री राधाकृष्णकाे युगल जाेडीलाई रथमा राखेर पृथ्वीकाे भ्रमण गर्दा सात पटक पृथ्वी घुमेर प्राप्त हुने फल पाहिने धार्मिक मान्यता रहि आएकाे छ । रथयात्रामा रहेकाे रथकाे डाेरीलाई छाेएर तान्नाले मात्रै पनि सात जन्ममा गरेकाे पाप नष्ट भएर जान्छ भन्ने धार्मिक विश्वास रहेको छ । रथयात्रा भनेकाे श्रीकृष्ण भगवानकाे मंगलमय जन्म उत्सव भएकोले रथमा श्री राधाकृष्ण भगवानकाे युगल जाेडीलाई सवारी गराएर पृथ्वीमा घुमाउने गरिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा द्वापरयुगकाे भाद्र कृष्ण अष्टमीकाे मध्य रातमा मथुराकाे जेलमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

रथयात्राका लागि शुरुमा धर्मिक विधि अनुसार दियाे बालेर , गणेश र कलशका साथमा पन्चकुम्भ राखेर रथकाे चक्का , इन्जिन साथै विश्वकर्मा भगवानकाे समेत पुजा गरिन्छ । रथकाे परिक्रमा गरि विधि पुर्वक पुजा सम्पन्न गरेर रथमा श्री कृष्ण भगवानकाे मुर्ती राखेर शुरुमा १ सय कदम पूर्व पट्टी रथ अघि बढाएर मात्र आवश्यकता अनुसार विभिन्न स्थानकाे परिक्रमा गरि रथ चलाउंनु पर्दछ भन्ने धार्मिक मान्यता रहेको पं सूर्यप्रसाद दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित