आज श्रावणको अन्तिम सोमबार, राति १० बजेसम्म पनि पिन्डेश्वर देवस्थलमा पानी चढाउनेको घुँइचो (तस्विरहरू सहित)

धरान / धरान- १४ विजयपुरमा रहेको प्रसिद्ध धार्मिक स्थल ( देवस्थल) पिण्डेश्वर बाबाधाममा कोरोनाको प्रकोपबाट दुई वर्ष रोकिएको धरानको बोलबम मेलामा श्रावणको अन्तिम सोमबार अन्य सोमबार भन्दा बढी भक्तजन आएको पिन्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीको भनाई छ । बाबाधाम समितिका अनुसार भक्तजन आउने क्रम नरोकिए रातभरी मन्दिरको मुलगेट खुल्ला नै रहेको जानकारी दिएको छ ।

दुई वर्ष रोकिएको श्री पिण्डेश्वर बाबाधाममा लाग्ने बोलबम मेला यस वर्ष ५ वटा सोमबार परेको थियो । यस वर्षको श्रावणमा विभिन्न चाडवाडसमेत परेकोले महिना भरिनै भक्तजनको घँुइचो लागेको हो ।

श्रावण भगवान शिवजीको प्रिय महिना र सोमबार प्रिय बार भएकोले यी दिनमा शिवजीको आराधना गर्नाले भगवान खुसी हुने र शिव कृपा प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वासका कारण श्रावणको सोमबार बिभिन्न शिवालयमा भक्तजनहरूको ठूलो भिड हुने र आराधना गर्ने हुन्छ । चालिस वर्ष पहिलेबाट धरानको श्रीपिण्डेश्वरमा चतराको सप्तकोसीबाट जल ल्याएर चढाउने बोलबम मेलाको परम्परा चलिआएको छ । यस वर्ष प्रदेश एक र मधेस प्रदेशबाट करिब दश लाख भक्तजनले पिण्डेश्वरमा जल चढाएको अध्यक्ष विकास बनेपालीले बताएका छन् । उनका अनुसार यस वर्ष बोलबम मेलाको प्रचार प्रसार मधेस प्रदेसका आठ वटै जिल्लामा समेत गरिएको थियो ।

पिण्डेश्वर बोलबम मेलामा विशेषतः शनिबार आईतबार र सोमबार भक्तजनको आवागमन अत्यधिक हुने गरेको छ । पछिल्ला दुई सप्ताहका शनिवार आईतबार र सोमबार साककझमा विशेष आरती समेत गरिएको थियो । गङ्गा आरतीको झल्को देखिने विशेष आरतीमा भक्तजनको भव्य श्रद्धा देखिएको थियो । यस्तै मन्दिरमा आरती साँझ ६ बजे सुरु भएर करिब ७ ः ३० सम्म जारी रहेको थियो ।पुजारी बन्धु घिमिरे, सन्तोष नेपाल र दिनेश पौडेलले विधिपूर्वक आरती गरेका हुन्। धरानका प्रशासन प्रमुख चूडाराज भट्टराईका अनुसार संस्कृति राष्ट्रको सम्पत्ति भएकाले यसको संरक्षण गर्नुपर्ने उनको भनाई छ । आउने दिनमा राष्ट्रिय स्तरका मन्दिरका राष्ट्रिय चाड पर्व हुँदा सरकारको पनि हदसम्म सहयोग गनुपर्छ भन्ने उनको जोड छ ।

भारतको आरती बिर्साई नै दिने गरी तयार गरिएको पिडेश्वर बाबाधामको महाआरतीमा धेरै नै भक्तजनहरूको घुइँचो लागेको १४ नं. वडा कार्यालयका अध्यक्ष कृष्ण प्रसाद भट्टराई बताउँछन् । धरानको आकर्षणका रूपमा समेत रहेको सो आरतीमा सबै जातजाति, धर्मावलम्बीहरूले समेत सहभागी भएर धरानको गौरवको रूपमा श्री चण्डेश्वर महाआरतीलाई स्थापित गर्न जरुरी देखिएको छ । जसबाट धार्मिक पर्यटनका रूपमा धरानलाई अझ एक खुड्किलो माथि चढ्न सजिलो हुनेछ ।

अमृतको शेषबाट स्थापित भगवान् शिवलाई हामी धरानवासीहरूले धरानको शिरमा चाहना अनुरूप दर्शन गर्न पाइरहेका छौँ । अझ श्रावण महिनामा नेपाल तथा भारतका लाखौँ भक्तजनहरूले कोसी नदीबाट पवित्र जल ल्याई पिण्डेश्वरमा अर्पण गर्ने गरेका छन् । यही श्रावण महिनामा विगत ६ वर्षदेखि पिण्डेश्वरको अग्र भागमा रहेको सरस्वती कुण्डमा शिव आरती गर्न पनि थालिएको छ । बटुकहरूद्वारा विभिन्न स्तोत्र र भगवान्को गुणगान गाउँदै आरती गर्ने गरिएको छ र यो आरतीमा सरिक हुँदा पुण्य लाभ हुने विभिन्न पुराणहरूमा उल्लेख गरिएको पाइन्छ ।

वि.सं. २०७४ सालको श्रावण महिनामा धरानको पिण्डेश्वरमा पनि आरती हुन थालेको छ । पहिलो वर्ष भारतको काशीबाट आरती गर्ने पण्डितहरू झिकाइएको थियो भने हाल धरान १४ नं. वडा कार्यालयको संयोजन र चण्डेश्वर बाबाधाम समितिको सहसंयोजकमा आज २२ गते साँझ देखि महाआरतीको आयोजना गरिएको पुजारी बन्धुको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित