धरानको पिन्डेश्वरमा तान्डव नृत्यको प्रस्तुती, साथै माहाआरती (तस्विरहरू)

धरान / धरान १४ विजयपुरमा रहेको प्रसिद्ध धार्मिक स्थल ( शक्तिपिठ) पिण्डेश्वर बाबाधाममा साउन महिनाको चौथौ सोमबार अर्थात महाआरती दोस्रो मन्दिरमा भक्तजनको भिड लागेको छ । आरती साँझ ६ बजे सुरु भएर करिब ७ : ३० सम्म जारी रहेको थियो ।पुजारी बन्धु घिमिरे, सन्तोष नेपाल र दिनेश पौडेलले विधिपूर्वक आरती गरेका हुन्। पुजारी बन्धुका अनुसार यो आरती भोलि पनि हुनेछ । महाआरतिमा कलाकार किरण डागीले ताण्डव नृत्य समेत प्रस्तुत गरेका थिए ।भक्तजनहरुले नृत्यका माघ्यमबाट भरपुर मनोरञ्जन सहित धार्मिक आन्नद लिएका थिए। नृत्यले भक्तजनको भिड समेत बढाएको थियो।

के हो तान्डव नृत्य?

धरानका प्रशासन प्रमुख चूडाराज भट्टराईका अनुसार भगवान शिवले क्रोधका बेला गर्ने नृत्यलाई शिव तान्डव नृत्य रहेको बताए। उनका अनुसार यो नृत्यका बारेमा बिभिन्न धार्मिक कुराहरु रहेका छन । जसमा यो ताण्डव नृत्यको रचयिता रावणलाई मानिएको छ । जसमा भगवान शिवलाई प्रशन्न पार्नका लागी गएका रावणले हिमालय पर्वत उठाउँदा शिव क्रोधित भएपछि शिवलाई तान्डव नृत्य गरेर खुसी बनाएको पनी धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको पाईन्छ त्यसैले संस्कृति राष्ट्रको सम्पत्ति भएकाले यसको संरक्षण गर्नुपर्ने उनको भनाई छ ।

त्यस्तै महादेवले क्रोधित हुँदा मात्रै नभई खुसी हुँदा पनी ताण्डव नृत्य गर्ने गरेको शास्त्रहरुमा उल्लेख छ । जसमा महादेवले खुसीमा पनी शिव ताण्डव गर्ने गरेको धर्मशास्त्रमा प्रशस्त पढ्न पाइन्छ । ताण्डव नृत्यले मृत्यु, जन्म, विनाश, रचना आदी सबैलाई दर्शाएको पनी देख्न पाइन्छ । ताण्डव नृत्य भगवान शिवलाई प्रशन्न पार्नका लागी पनी भक्तजनहरुले नाच्ने गर्छन ।

भारतको आरती बिर्साई नै दिने गरी तयार गरिएको पिडेश्वर बाबाधामको महाआरतीमा धेरै नै भक्तजनहरूको घुइँचो लागेको १४ नं. वडा कार्यालयका अध्यक्ष कृष्ण प्रसाद भट्टराई बताउँछन् । २२ गतेदेखि श्रावणभरि आयोजना हुने महाआरतीमा मन शान्त र भगवद्भक्तिका लागि सरिक हुन सबैलाई आव्हान समेत गरेका छन् भट्टराईले । धरानको आकर्षणका रूपमा समेत रहेको सो आरतीमा सबै जातजाति, धर्मावलम्बीहरूले समेत सहभागी भएर धरानको गौरवको रूपमा श्री चण्डेश्वर महाआरतीलाई स्थापित गर्न जरुरी देखिएको छ । जसबाट धार्मिक पर्यटनका रूपमा धरानलाई अझ एक खुड्किलो माथि चढ्न सजिलो हुनेछ ।

अमृतको शेषबाट स्थापित भगवान् शिवलाई हामी धरानवासीहरूले धरानको शिरमा चाहना अनुरूप दर्शन गर्न पाइरहेका छौँ । अझ श्रावण महिनामा नेपाल तथा भारतका लाखौँ भक्तजनहरूले कोसी नदीबाट पवित्र जल ल्याई पिण्डेश्वरमा अर्पण गर्ने गरेका छन् । यही श्रावण महिनामा विगत ६ वर्षदेखि पिण्डेश्वरको अग्र भागमा रहेको सरस्वती कुण्डमा शिव आरती गर्न पनि थालिएको छ । बटुकहरूद्वारा विभिन्न स्तोत्र र भगवान्को गुणगान गाउँदै आरती गर्ने गरिएको छ र यो आरतीमा सरिक हुँदा पुण्य लाभ हुने विभिन्न पुराणहरूमा उल्लेख गरिएको पाइन्छ ।

वि.सं. २०७४ सालको श्रावण महिनामा धरानको पिण्डेश्वरमा पनि आरती हुन थालेको छ । पहिलो वर्ष भारतको काशीबाट आरती गर्ने पण्डितहरू झिकाइएको थियो भने हाल धरान १४ नं. वडा कार्यालयको संयोजन र चण्डेश्वर बाबाधाम समितिको सहसंयोजकमा आज २२ गते साँझ देखि महाआरतीको आयोजना गरिएको पुजारी बन्धुको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित