इटहरीमा जे’ जेट ब्युटी पइन्ट मेकअप स्टुडियो सञ्चालनमा ( तस्विरहरु )

इटहरी / इटहरीमा सैलुन एकेडेमी मेकअप स्टुडियो सञ्चालनमा आएको छ । जे’ जेट ब्युटी पइन्ट मेकअप स्टुडियोको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी निल डेबिड कट्वावालले गरेका हुन् । स्वदेशमै बसी केही गर्नु पर्छ भन्ने उदेश्यका साथ जेनिसा पराजुलीले आफूले सिकेको ज्ञानको प्रयोग नेपालमै गर्नु पर्छ भन्ने उद्देश्यले स्टुडियो सञ्चालनमा ल्याएको बताएकी छिन् ।

स्टुडियोमा अनुभवी ब्युटिसियनद्वारा कपाल काट्ने, स्टाइलिङ गर्ने, फेसियल, मेनीकियर, पेडीकियर, मेहेन्दीलगायत विवाहका लागि महिला तथा पुरुषलाई आवश्यक पर्ने सम्पूर्ण शृङ्गारको सेवा दिइने छ । साथै मेकअप स्टुडियोबाट मेकअप सम्बन्धी तालिम प्रदान गरिने सञ्चालक तथा पराजुलीले बताइन् । स्टुडियोमा सुरुवाती समयमा ६ जना भन्दा बढिलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको उनले बताइन् ।

उद्घाटन कार्यक्रममा इटहरी वडा नं. ६ का वडाअध्यक्ष दिवस पोखरेललगायतहरूकाे उपस्थिती रहेकाे थियाे । पाेखरेलले इटहरी व्यवसायिक हवको रुपमा परिचित हुदै गरेको समयमा यस प्रकारका व्यवसायले थप युवायुवतीहरुमा व्यवसायप्रति उर्जा थपिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित