पिण्डेश्वर बाबाधाममा बोलबलमको रौनक (तस्विरहरू)

धरान / धरान–१४ स्थित पिण्डेश्वर मन्दिरमा पहिलाकै सदाको वर्षझैं यस वर्षको बोलबम शुरु भएको छ । श्रावन महिनाको पहिलो सोमबार आज रहेको छ भने यो महिना ५ वटा सोमबार रहेका छन् । पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) यसवर्षको बोलबममा पूजा तथा दर्शन गर्ने श्रदालु भक्तजनहरुको पिण्डेश्वर बाबाधाम धरान १४ मा बिहानैदेखि घुइँचो लागेको छ ।

अघिल्लो वर्ष कोरोना कहरका कारण मन्दिरको ढोका नखुलेपछि बाहिरैबाट चियाउँदै, ढोग्दै हिँडेका बोलबमको यसपटक भने भीड देखिएको हो ।
साउनको पहिलो सोमबार तिर्थालुहरू पिण्डेश्वर मन्दिरमा लामबद्ध भएर पूजा गरेको मूल पुजारी विनोद पोखरेलले बताए । ‘पहिला पहिलाजस्तै साउने सोमबार सयौं दर्शनार्थी बिहानैदेखि आएका छन, उनले भने, ‘केहीवर्षअघि कोरोना भाइरसको महामारीका कारण निषेधाज्ञा हुँदा मठ–मन्दिर पनि बन्द थिए तर यसपटक पहिलाको जस्तै भीड देखिएको छ ।’ पिण्डेश्वर बाबाधाम मन्दिरमा जल चढाउन भक्तजनहरुले आइतबार नै चतरास्थित सप्तकोसी नदीबाट जल ल्याएका थिए । नदीको पानी ल्याएर आजबाट पिण्डेश्वर बाबाधाममा चल चढाउने गरिन्छ । विगतको वर्षभन्दा यस वर्ष भक्तजन बढ्ने अपेक्षा पिण्डेश्वर बाबाधाम समितिले गरेको छ ।

पिण्डेश्वर बाबाधाममा अधिकांश महिलाको उपस्थित हुनेगर्छ । विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्दै र अविवाहिता युवतीले राम्रो पति पाऊँ भन्दै शिवलिंगमा जल चढाउने गर्दछन् ।

सप्तकोसी नदीबाट जल ल्याई पिण्डेश्वर बाबा धाममा रहेको शिवलिंगमा जल चढाए मनोकांक्ष पूरा हुने धार्मिक विश्वास रहेको छ । यसपटक वडा कार्यालयले बोलबमको जिम्मा लिएकाले पूजा गरेर फर्किनेहरुको लागी अगल बाटो बनाइएको छ । यस्तै, मन्दिर अगाडी माग्ने बस्नेहरुलाई मन्दिरको पछाडी पट्टी राख्ने गरिको व्यवस्था मिलाइएको छ । भक्तजनहरुले माग्नु बस्नेहरुलाई सोइच्छाले दान गर्दे गर्दे फर्किन्छ।

मन्दिरको मुख्य पूजा गर्ने कोठामा सिमित समय मात्र पूजा गर्नु दिइन्छ। प्रहरी परिचालन, शौचालय र ट्राफिक व्यवस्थापन, सजावटका कुरामा बढी महत्व दिएर काम गरेको वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईको भनाई छ । भट्टराईले भने सरकारले धार्मिक पर्यटकिय स्थललाई राम्रो बजेट छुट्याएर र यस्ता महत्वपूर्ण मेला स्थानीय सरकारले नैगर्नु सकेमा मात्र भने जस्तो व्यवस्था गर्नु सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित