इटहरीको मुख्य चोकमा ‘स्मार्ट ट्राफिक लाइट’ जडान गरिँदै

इटहरी / इटहरीको मुख्य चोकमा अब ‘स्मार्ट ट्राफिक लाइट’ जडान गरिने भएको छ । प्रदेश १ को यातायात तथा सञ्चार मन्त्रालयको कार्यक्रम अनुसार ट्राफिक लाइट जडान गरिन लागेको हो । ट्राफिक लाइट जडानमा इटहरी उपमहानगरपालिकाले समन्वय गरिरहेको वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार २६ लाख ८७ हजारमा जडानको काम भइरहेको छ । असार महिना भरिमा जडान कार्य सम्पन्न गर्ने गरी काम भएको बताइएको छ ।

ट्राफिक लाइट जडानपछि सडकमा ट्राफिक व्यवस्थापन सहज हुनु देखिन्छ । लाइट नहुँदा दुर्घटना बढिरहेकाले मुख्य चोकको व्यवस्थापन गर्न पनि सजिलो हुने छ । विश्वका प्रायः देशमा मानिसको आवतजावत हुने फुटपाथदेखि जेब्रा क्रसिङ र सडकका चोक तथा राजमार्गहरुमा ट्राफिक लाइट प्रयोग गरिँदै आएको देखिन्छ । हाल विश्वका विकसित देशहरूमा सडकमा गुड्ने सवारीसाधनहरू निश्चित स्थानमा राखिएका ट्राफिक लाइटको सङ्केतअनुसार चल्ने गर्छन् । जसका कारण सडकमा ट्राफिक प्रहरी खटाउनुपर्ने बाध्यता पनि हुँदैन । इटहरीमा यसले सडक व्यवस्थित, चुस्त र सहज देखिने र अर्कोतर्फ ट्रफिक जनशक्ति कम लाग्ने देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित