धरानमा ‘बिपी बचाउ’ अभियान सुरु (तस्विरहरू सहित)

धरान / धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेतिथि, फितलो व्यवस्थापन, झाडातिर्ने प्रशासनको कार्य तथा सिस्टमविरूद्ध युवाहरू आन्दोलनमा होमिएका छन्। प्रतिष्ठान दिनदिनै धराशायी बन्दै गएकाले हामी नेपाली ग्रूपले आजबाट ‘बिपी बचाउ ‘भन्दै युवाहरू आन्दोलनमा होमिएका हुन् । सयौकाे संङख्यामा युवाहरु भेला भएर निकालिएकाे र्‍याली भानुचोक, पुतलीलाइन हुँदै बुद्ध चोक हुँदै बिपीको डेन्टल गेट अगाडी गएर कोणसभामा परिणत भएको थियो ।

प्रतिष्ठानभित्र मौलाएको अनियमिततालाई संरक्षण राजनीति दलले नै पटक पटक गरेको भन्दै स्वतन्त्र युवाहरु यसविरूद्ध आन्दोलन उठेका हुन्। ग्रुपका अभियान्ता सुदन गुरुङले भने ‘अरु बेलाको जस्तो आन्दोलन यो हैन् यो अरु भन्दा फरक छ । हामी कुनै पार्टीमा आवद्ध भएर आन्दोलन गरेको होइनौँ । हामी नेपाली हौँ यहाँको सार्वजनिक सम्पतीको माया हामीलाई पनि छ , हाम्रा आफन्त पनि उपचारका लागि यँही आउँछन्। कति जनाले अस्पतालमा सानो सानो उपचार नपाएर रिफर हुँदा बाटोमै ज्यान गुमाउनु पर्छ । लापरवाहीका कारण बिपीमा कति जनाले ज्यान गुमाउनु परेको छ । यो अति भो हामीले धेरै आफै भोगेका छौ । धरानको मात्र सम्पत्ती हैन् बिपी त्यसैले हामी हाम्रो सम्पत्ती र अधिकारको लागि लड्छौ । ’

आन्दोलनकारी मध्येका एक युवाले भने ‘ हाम्रो अस्पताल सुधानु पर्यो कि त हामी उहाँहरुलाई सुर्धाछौ, टेन्डर देखी लिएर सबै कुरा पारदर्शी हुनुपर्छ , हामीलाई मतलब छैन् हामी भोटे कुकुर हौ हामी टोके पछि रगत निकाले रै छाड्छौ ।’ प्रतिष्ठानका सबै पदाधीकारी गैरजिम्मेवार बनेको आरोप आन्दोलनकारीहरूको छ । तीन वर्षदेखि रोकिएको फ्याकल्टी शिक्षकको बढुवा प्रक्रिया एक महिनाभित्र सुरू गर्ने, कोभिड भत्ता उपलब्ध गराउने, शिक्षकलाई तालिम दिने तथा आवास, इन्टरनेट लगायत सुविधा उपलब्ध गराउने प्रतिबद्धतामा उपकुलपतिसहित सबै पदाधिकारीले हस्ताक्षर गरेका थिए।

फागुन ९ मा भएको उक्त सहमतिको चार महिना बित्न लाग्दासम्म कुनै बुँदा कार्यान्वयनमा गएको छैन। त्यसमा पनि आन्दोलनकारीले आपती व्यक्त गरेका छन्। तत्कालीन स्वाथ्यमन्त्री भानुभक्त ढकालको चुनाव प्रचारमा कार्यकर्ता बनेरै होमिएका डा. गिरीलाई त्यसको बदलामा उपकुलपति उपहार दिइएको मान्नेहरू युवाहरु पनि धेरै देखिन्थे । एकातिर उनले लेख्दै आएको प्राध्यापक पद जाली भएकाले त्यसबारे डा. गिरीले प्रमाण पेस गर्नुपर्ने आवाज उठेको छ भने अर्कातिर अख्तियारले छापा मारेर खरिदसँग सम्बद्ध कागजातहरू लगेको थियो त्यसमा पनि सत्य तथ्य छानबिन नभएको गुनासो चर्केको छ ।

प्रतिक्रिया

सम्बन्धित