यस्ताे देखियाे एमाले महाधिवेशन उद्घाटन समारोह (तस्विरहरू)

चितवन / नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह चितवनमा सुरु भएको छ । बिभिन्न स्थानबाट निकालिएका जुलुस उदघाटन समारोहस्थल नारायणी नदी किनारमा जम्मा भएको छ ।

उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली राजनीतिमा देखिएको एकअर्कालाई खुल्याउने प्रवृत्ति बन्द गर्नुपर्ने बताएका छन् ।

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सबै राजनीतिक दलहरूको संघर्षले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुल्याउने कार्य बन्द गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित