दीपावलीपछिको झिलिमिली इटहरी ( १३ तस्विरहरू )

इटहरी / आज उज्यालोको दिन अर्थात् लक्ष्मीपूजा । घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरि लक्ष्मीपूजा मनाइएकाे छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अट्टालिका र भर्याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मीपूजाको दिन उज्यालिएको इटहरीकाे दृश्य सेन्ट्रल प्लाजाबाट निकै मनमोहक देखिएको छ । साँझ इटहरी लगायत देशभर दीपावली गरी लक्ष्मीको पूजा गरिएको छ । तस्विरहरू : सुरेशचन्द्र दाहाल

प्रतिक्रिया

सम्बन्धित