इटहरीकाे पानीपिया क्षेत्रका घरहरू डुबानमा : नेपाली सेना तथा प्रहरीद्वारा उद्दारकार्य जारी (तस्विरहरू)

इटहरी / सुनसरीको इटहरी उपमहानगपालिका–२० पानीपिया डुबानमा परेकाे छ । निरन्तरको बर्षाको कारण डुबानमा पर्दा ४ घरका ६ जना बढी फसेका प्रहरीले जनाएकाे छ । त्यस्तै बर्षाको कारण इटहरी आधा बढी वडाहरु डुबानमा परेका छन् ।

टेँग्रा तथा खेती खोलाका विभिन्न ठाउँमा निकास अवरोध भएपछि डुबान भएको हो । डुबानका कारण कतिपय वस्तिमा मानिसहरु फसेका छन् । उनीहरूको नेपाली सेना तथा प्रहरीकाे टाेलीद्वारा उद्दार कार्य भइरहेको छ । तस्विरहरू

तस्विर साैजन्य :पवन अधिकारी

प्रतिक्रिया

सम्बन्धित