संखुवासभा घटनाका अनुसन्धानकर्ता, जो दिनरात नभनी खटिए (तस्विरहरू सहित)

सङ्खुवासभा / गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका–१ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो ।परिवार नै सखाप हुने गरी भएको सो हत्याकाण्डको अनुसन्धानको लागि नेपाल प्रहरीको पूर्ण शक्ति नै परिचालन भयो । अनुसन्धानको ५ दिन सम्म सामूहिक हत्यामा संलग्न हत्यारालाई प्रहरीले पत्ता लगाउन सकेको थिएन ।

शनिवार भने याे घटनामा प्रहरीलाइ सफलता मिल्याे । अनुसन्धानमा खटेका प्रहरीहरूलाई नै उल्टै अनुसन्धानमा सघाइरहेको जस्तो भूमिका खेलेर प्रहरीसँगै घुलमिल हुने मृतक तेजबहादुर कार्कीका नजिकैका छिमेकी २५ वर्षीय लोकबहादुर कार्कीलाइ नियन्त्रणमा लियाे ।

हत्या प्रकरणकाे अनुसन्धान सफल पार्न १ नं प्रदेश प्रहरी प्रमुख अरुण कुमार बिसी, प्रहरी उपरीक्षक भीम दाहाल, सिआईबीका डिएसपी रूगम कुँवर,जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदी लगायतकाे टिम परिचालन भएकाे थियाे । अनुसन्धानकर्ताहरू दिनरात नभनी खटिएमा खटिएका थिए । मादी नगरपालिका समेत ठुलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ ।

https://youtu.be/30sXX0WE0OU

तस्बिर : भीम दाहाल

प्रतिक्रिया

सम्बन्धित