चिनियाँ राजदुत यान्छीको कार्यकाल सकियो, आगमी महिना चीन फर्कर्दै

काठमाडौं / नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् ।आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् ।चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने भएको छ, स्रोतले भन्यो ।

राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने हो ? त्यसवारेमा भने कुनै निर्णय चिन सरकारले सार्वजनिक गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आएकी थिइन् ।उनले यस महिनामा राष्ट्रपति, प्रधानमन्त्री देखी राजनीतिक दलका शिर्ष नेताहरुसँग बिदाई भेट गर्नेछिन ।

प्रतिक्रिया

सम्बन्धित