विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं / देशका विभिन्न स्थानबाट अवेध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरबाट १ केजी ८ सय ग्राम अफिमसहित राक्सिराङ गाउँपालिका–४ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट ३२ केजी गाँजासहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुर बस्ने ४१ वर्षीय हिरालाल स्याङतान र ३५ वर्षीया लक्ष्मी मोक्तान रहेका छन् ।हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.१ ह ५८९३ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक हिरालाल र अटोमा सवार लक्ष्मीलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङको रंगेली नगरपालिका–७ निचामारी पुलबाट करिब ३६ ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनवर्षी नगरपालिका–४ गोपी कामत बस्ने २५ वर्षीय अमित कुमार दास र ३५ वर्षीय निलेश कुमार दास रहेका छन् ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले को.३१ प ४४१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त ब्राउन सुगर सहित फेला पारी पक्राउ गरेको हो ।

१५ असोजबाट पूर्णरुपमा अनलाइनबाट कम्पनी दर्ता गर्ने व्यवस्था लागु हुँदै
‘एभरेष्ट हाइपर मार्केट’ का ग्राहकलाई पेट्रोल फ्रि

साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने

शनिले तोड्यो बृहस्पतिको रेकर्ड


उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित

सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी

प्रतिक्रिया