तनाव सहन नसकेर ‘आत्महत्या’ गर्न सप्तकोशी पुगेका   ६ जनाको सुनसरी प्रहरीद्वारा उद्धार

धरान / आत्महत्या गर्न सप्तकोसी नदीमा हाम्रालेको पुरुष र हाम फाल्न लागेकी महिलालाई प्रहरीको टोलीले सकुशल उद्धार  गरेको  छ ।  सप्तकोसीमा आत्महत्या गर्न पुगेकी मोरङ जिल्ला बेलबारी नगरपालिका -१ बिन्देबासिनी टोल बस्ने पदम बहादुर लिम्बूको ४४ बर्सिया श्रीमती गीता लिम्बूलाई  सुनसरी प्रहरीले उद्धार  गरेको छ । आज बुधवार   बिहा ७ : ३० बजेको समयमा सप्तकोसी नदी पुलमा  पूर्व पश्चिम राजमार्गको पूर्व बाट पैदल आइ सप्तकोसी नदीको ढोका नं- २ बाट सप्तकोसी नदी तर्फ एकोहोरो हेरि रहेकोले शङ्का लागि सोध्दा तनावमा देखिएकाले  आत्महत्या गर्न  थाहापाइ  उनलाई प्रहरीले उद्धार गरेको हो । 

 लिम्बुलाई  श्रीमानलाई बोलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।   उनलाइ सोधपुछ गर्दा  महिलाको घरायसी समस्या भएको कारण अत्यधिक तनाव भई तनाव सहन नसकेको कारण हाम फाली आत्महत्या गर्न लागेको भन्ने खुलेको छ । त्यसै गरी ०५ /१ गते इटहरी २ बस्ने  ३४  बर्सिया अम्बिका खड्काले  आफू ठगीमा परेको कारण घरायसी विवाद भएर  १२ र ९  बर्षीया छोरीहरू र ७ वर्षको छोरा साथै लिएर  सप्तकोसी नदीमा हाम फाली सामूहिक आत्महत्या गर्न खोजिरहेको अवस्थामा प्रहरीले तत्काल उद्धार गरेर आफन्तलाई जिम्मा लगाइएको थियो । 


 २०७९ साल ०६ महिना ०५ गते बिहान ११ बजे सुनसरी कोसी गाँउपालिका वडा नं ८ स्थित सप्तकोसी नदी पुलबाट पुरुष व्यक्ति नदीमा हाम्रालेको भन्ने स्थानीय सिटी चालकबाट प्रहरी चौकी कोशी ब्यारेज सुनसरीमा जानकारी गराएका थिए ।  खबर प्राप्त हुनासाथ प्रहरी सहायक  निरीक्षक . रेवत बहादुर थापाको कमाण्डमा ४ जनाको टोली त्यसतर्फ खटी स्थानीय माझीहरूको सहयोगमा डुङा (नाउ) समेत  लगेर   १ जनाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  उद्धार गर्ने मध्ये सप्तरी  जिल्लाको तिरहुत गाउँपालिका ५ बस्ने राजेन्द्र मुखियाको छोरा २२ बर्सिया  मिथुन कुमार मुखियालाई सकुशल हालतमा सप्तकोसी नदीबाट उद्धार गरेको प्रहरीको भनाइ छ ।  उद्धार गरिएका मिथुनलाई सम्झाई बुझाई गरेर आफन्त बोलाएर  जिम्मा लगाइएको  प्रहरीको भनाई छ । मिथुनले आत्महत्या गर्नु खोज्नुको कारण घरायसी समस्याको कारण तनाव सहन नसकेर आत्महत्या गर्न भनी सप्तकोसी नदिमा हाम्फाल्न् आएको बताएका छन्। 

 सप्तकोसी नदीमा हाम फालेर आत्महत्या गर्न खोज्ने व्यक्तिहरुको संख्या बढेकोले उनीहरुको उद्दारको लागि र हाम फाल्न खोज्नेहरुलाई रोक्नको लागि त्यस क्षेत्रमा प्रहरीले थप निगरानी बढाएको सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए ।  उनले भने  ‘तनाव जुनसुकै घरमा पनि हुन्छ  तनावको विकल्प आत्महत्या नै होइन घरायसी तनाव वा ठगिएर तनाव भएमा प्रहरी कार्यालयमा आउनु हामी सम्वन्धित पक्षलाइृ सम्झाउने प्रयास गछौ ।’

प्रतिक्रिया

सम्बन्धित