फाेन नलाग्ने, आफै काटिने, नेटवर्क नदेखीने जस्ता समस्याहरूका कारण एनसेल प्रयाेगकर्ताहरू हैरान

इटहरी र प्रदेश १ का बिभिन्न स्थानहरूमा एनसेल प्रयोगकर्ताहरूले बारम्बार नेटवर्क नआउने, फोन नलाग्ने, आफै काटिने लगायतका समस्याका कारण सास्ती खेप्नु परेको छ । गत  कार्तिक २८ देखि दैनिक जसो देखा परेको समस्याका कारण एनसेल प्रयोगकर्ताहरू हैरान परेका छन् ।  एनसेल प्रयोगकर्ता दिपन्द्र ९निखिल० का अनुसार दैनिक जसो एनसेलमा देखापरेको फोन नलाग्ने, फोन आफै काटिने , नेटवर्क नदेखीने समस्याका कारण आफु हैरान भएको बताए।

त्यस्तै एनसेल प्रयोगकर्ता रोमन श्रेष्ठका अनुसार  नेपाल टेलिकम भन्दा राम्रो गुणस्तरिय सेवा सुबिधा दिने आस्वसन दिएकै कारण आफुले एनसेल प्रयोग गरेको हाल आएर एनसेलको सोवा सुविधा प्रती बिश्वास नरहेको बताए , अर्का प्रयोगकर्ता आर्यन यादवका अनुसार घरि घरि मुस्किले फोन लाग्छ, एनलेलले हैरानै पर्यो अव एनसेलको सिम परिवर्तन गर्ने योजना रहेको बताए ।

आज  बिहानैबाट फोन नलाग्ने, आफै काटिने जस्ता समस्याहरू देखिए कारण एनसेल प्रयोगकर्ताहरूले सास्ती खेप्नु परेको छ । प्रदेश १ मा आज बिहानैदेखि एनसेलकाे नेटवर्कमा समस्या देखिएकाे कारण एनसेल प्रयोगकर्ताहरूले सास्ती खेप्नु परेको हाे । गत २०७८ कार्तिक २८ गते देखी सुनसरीको दुहबीमा रहेको अप्टिकल फाइबरमा समस्या आए पश्चात एनसेलकाे नेटवर्कमा समस्या देखिएकाे एनसेलका एक प्रतिनिधिले बताए । फोन नलाग्ने, आफै काटिने जस्ता समस्याहरू देखिएका छन् । एनसेलका एक प्रतिनिधिका अनुसार नेटवर्क सम्बन्धी समस्याहरू छिट्टैनै पहिचान गरि समाधान गरिने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित