कानेपोखरी लेटाङ जंगलमा शव फेला, आफन्त भन्छन हत्या भएको शंका

मोरङ / मोरङको कानेपोखरी लोटाङ विचको जंगलमा शव फेला परेको छ । धनकुटा लेगुवाका ३० बर्षीउ उमेश मिश्रको शव झुडिएको अवस्थामा निग्रो टिप्न जानेले देखेर प्रहरीलाई खवर गरेको आफन्तले बताए । ७ बर्ष देखि इटहरी बस्दै जिप्सन जडानको काम गर्दै आएका मिश्र ११ गते ११ बजे सम्म सम्पर्कमा रहेको आफन्तले बताए । राति घर नआएको र सम्पर्क हुन नसके पछि चारै तिर खोजि भएको थियो ।

१२ गते ४÷५ बजे तिर कानेपोखरी लोटाङ विच बाटोको २ / ३ सय मिटर भित्र जंगल शव निग्रो टिप्नेले भेटेका थिए । आफन्त श्याम बाबु काफ्लेका अनुसार शव वरिपरिको अवस्था हेर्दा घटना शंकास्पद रहेको बताए । शव वरिपरि मडारिएको, हात र खुट्टामा डोरीले बाधे जस्तो डाम, हात, खुट्टा र शरिरमा निलडाम र खुट्टामा रगत देखिएको देखिएको र भुइ टेकेको अवस्थामा शव रहेकोले कसैले मारेर झुडाएको शंका आफ्न्तको छ । मिश्रले कुदाउने मोटर साइकल बाटोको छेउजंगल भित्र रहेको र वरिपरि अन्य ३÷४ वटा मोटर साइकल घुमाएको छाप रहेको काफ्लेले बताए ।

कनेपोखरीको जंगलमा ३०÷३५ बर्षका उमेश मिश्रको शव झिुडिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यलय पथरीका डि एस पि कुष्ण खड्काले बताउनु भयो । धटनाका बरेमा अनुशन्धान भै रहेकाले पोष्टमाटमका लाति धरान स्थीत वि पि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइको डि एस पि खड्काले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित