काठमाडौंको चाल्नाखेलको जंगलमा दुई पुरुष मृत भेटिए

काठमाडौं / काठमाडौंको चाल्नाखेलमा दुई पुरुषको शव फेला परेको छ । आज दिउँसो शव फेला परेको जानकारी आएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।

‘हामी भर्खरै घटनास्थलमा पुगेका छौं। दुईवटा शव जंगलमा मृत अवस्थामा फेला परेको हो। अनुसन्धान सुरु भइसकेको छ,’ एसपी बस्नेतले भने ।
घटना हत्या वा आत्महत्या के हो भन्ने खुलिसकेको छैन ।
रासस

प्रतिक्रिया

सम्बन्धित