अनुसन्धान विभागका कर्मचारीको हत्या आरोपमा एकजना पक्राउ

काठमाडौँ / प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रवीण थापामगरको हत्यारा आरोपमा आज एकजनालाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले बाँकेको नेपालगञ्जमा कार्यरत २७ वर्षीय थापामगरको हत्यामा संलग्न भएको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका–६ का १८ वर्षीय विवेक परियारलाई आज पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले माघ २ गते हत्यापछि फरार रहेका परियारलाई आज भक्तपुरको चाँगुनारायणस्थित ताँथलीबाट पक्राउ गरिएको जानकारी दिए ।

हत्या भएका थापामगरको शव नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित खेतबारीमा टाउको तथा अनुहारमा चोट लागेको अवस्थामा फेला परेको थियो ।पक्राउ परियारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाउन लागिएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित