चन्दका जिल्ला नेता लामा पक्राउ
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
काभ्रेपलाञ्चोक / नेत्रविक्रम चन्द समूहका जिल्ला नेता बुद्धलाल लामांलाई काभ्रेपलाञ्चोक प्रहरीले आज साँझ गिरफ्तार गरेको छ । रोशी गाउँपालिका–६ निवासी लामालाई प्रहरीले अपराह्न बनेपामा भएको सूचनाका आधारमा खोजतलासका क्रममा साँझ पक्राउ गरेको हो ।
समूहका जिल्ला सदस्य २७ वर्षीय लामालाई हिरासतमा राखिएको तथा सोमबार म्याद थप गरी थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए ।
यसअघि गत कात्तिक २६ गते चन्द नेतृत्वकै अर्का जिल्ला सदस्य मधुसूदन बजगाईंलाई जिल्लास्थित व्यापारी–उद्योगीलाई फोनमार्फत धाकधम्की दिई जर्बजस्ती चन्दा असुल्ने गरेको सूचनाका आधारमा काभ्रेपलाञ्चोक प्रहरीले पक्रेको थियो ।
सन्ताउन्न वर्षीय बजगाईँलाई प्रहरीले मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसूरअन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसूर शीर्षकमा मुद्दा दर्ता गरेको छ । लामालाई पनि सोही प्रकृतिको मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।
![प्रधानमन्त्री प्रचण्डले आज बिराट एक्स्पाेको उदघाटन गर्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda5_10LoX34RFS_xwkblfspfg5dijy8qxlgyldkqrixkgslzfph7w2ha5cm6zcgpntvhohvxthv_zXfgqFghDb_h4yyl4idirgqu9jnxd4r5mgldxn5m6pw7xurprw5ok8wrkzjal6l37yddlv1_CCVOz0jxk2_i96whtt9pqik1zcqauq2r6kqpowawfkqcbhcnlsunfpj4dq2orehyhwruzcu.jpg)
प्रधानमन्त्री प्रचण्डले आज बिराट एक्स्पाेको उदघाटन गर्दै
![१५ असोजबाट पूर्णरुपमा अनलाइनबाट कम्पनी दर्ता गर्ने व्यवस्था लागु हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/company_41rrmcTHUX_o2d6nhkpmfv3aa2pvurt7nzgtndmwqdn7mqyaluyrxobpvblhvyc4qmo7kkg_GJe1Dqgwhk_vdopw21xoxqlgqbsrgldgfahpkxxv3f3lawvdmvza6glmfafnzswtehovnqu.jpg)
१५ असोजबाट पूर्णरुपमा अनलाइनबाट कम्पनी दर्ता गर्ने व्यवस्था लागु हुँदै
‘एभरेष्ट हाइपर मार्केट’ का ग्राहकलाई पेट्रोल फ्रि
![साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/GB-Sanghu-TV-E2023-07-14-10-07-05_S4G6nRw0RJ_0xd6mnx6hwgzmxf4sbgk6hdmwqroiq3nngdsfpi8kvzbm4bxiy2glcvx9r3r_K0s6EL9n0q_wxviymzyocyfvls9o9dba9jdsqaerzutx0psoyizbjyf2573v9skbmrnewus.jpeg)
साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने
![शनिले तोड्यो बृहस्पतिको रेकर्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/process-aws_oCIgwtt1Hn_1sgigd5j58jvnpvtaa1midfpa4iwv8lmpbrrgvbwjejiouzjnzsekp6lpf2s.webp)
शनिले तोड्यो बृहस्पतिको रेकर्ड
![](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news521640_bCAWmP9GnQ_uhb4ny2uwu0llsaplza8ibdwn5wgcl963i0t054s1gujy2jkcnmfb33k3qey.jpg)
![उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित](https://snowberry.prixacdn.net/media/gallery_folder/351146209_816535246470157_3205667337997030356_n_lUkCoQOUNM_mdp1morhvmoep4yhmkzeyeuvczjigojvjuuvq4qomcdo96889uk3c3vd0t39.jpg)
उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित
![सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी](https://snowberry.prixacdn.net/media/gallery_folder/pathibhara_LH8vYJ6G7L_0xfpk21u7c2bx1ivgutq0hj5s5d8o9tokfz5asf7b7xuumefrqtjukfkomxt.jpg)
प्रतिक्रिया