सरुवा भएर खोटाङ आएका ६ प्रहरीमा कोरोना पुष्टि
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
विराटनगर / विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सरुवा भएर खोटाङ आएका सबै प्रहरी जवान क्वारेन्टिनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । “सरुवा भएर खोटाङ आएलगत्तै उनीहरु सबै जनालाई जिल्ला प्रहरी कार्यालयमै निर्माण गरिएको क्वारेन्टिनमा राखिएको छ”, उनले भने, “साउन २९ गते पिसीआर परीक्षण गर्न उनीहरुसँगै १३ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।”
सङ्क्रमित हुने प्रहरी जवानमा २३ र २५ वर्षीय दुई÷दुई तथा २० र २१ वर्षीय एक÷एक जना पुरुष रहेका छन् । सङ्क्रमित सबैलाई जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखेर उपचार गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालीग्राम शर्मा पौडेलले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएका सबै जना क्वारेन्टिनमै रहेकाले उच्च सतर्कता अपनाउँदै दैनिक कामकाजलाई समेत निरन्तरता दिइने जनाएको छ । जिल्ला बाहिरबाट सरुवा भएर आएकालाई पिसीआर परीक्षण गरेर मात्र ड्युटीमा खटाउने गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए ।
दश स्थानीय तह रहेको जिल्लामा छ प्रहरीसहित सङ्क्रमित हुनेको सङ्ख्या १९ पुगेको छ । यसअघि सङ्क्रमण देखिएका १२ जना उपचारपछि घर फर्किसकेका छन् भने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक जना उपचाररत रहेका छन् । जिल्लामा भेटिएका सङ्क्रमित सबै बाहिरी देश तथा छिमेकी जिल्लाबाट भित्रिएका मात्र रहेका छन् । वैदेशिक रोजगारीका क्रममा विभिन्न देश तथा छिमेकी जिल्लाबाट आउने जिल्लावासीलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुका साथै पिसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले जिल्लाका १० वटै स्थानीय तहलाई आइसोलेसन वार्डको व्यवस्था गर्न आग्रह गरेको छ । विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा गत आइतबार बसेको बैठकले जिल्लाका दुई नगरपालिकालाई २०÷२० तथा आठ गाउँपालिकालाई १०÷१० श्ययाको आइसोलेसन वार्ड निर्माण गरेर तयारी अवस्थामा राख्न आग्रह गरेको हो । यसैबीच जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लास्थित सबै हाटबजार बन्द गराएको छ । बन्दाबन्दी हटेसँगै शुरु भएको भीडभाड बढ्दा कोरोनाको भाइरस सङ्क्रमणको जोखिमसमेत बढेको भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकको निर्णयानुसार प्रशासनले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गराएको हो ।
कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि हाटबजार बन्द गराइएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । दिनानुदिन जोखिम बढिरहेको समयमा हाटबजारमा भने भीडभाड देखिन थालेपछि प्रशासनले चासो देखाएको हो ।
![प्रधानमन्त्री प्रचण्डले आज बिराट एक्स्पाेको उदघाटन गर्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda5_10LoX34RFS_xwkblfspfg5dijy8qxlgyldkqrixkgslzfph7w2ha5cm6zcgpntvhohvxthv_zXfgqFghDb_h4yyl4idirgqu9jnxd4r5mgldxn5m6pw7xurprw5ok8wrkzjal6l37yddlv1_CCVOz0jxk2_i96whtt9pqik1zcqauq2r6kqpowawfkqcbhcnlsunfpj4dq2orehyhwruzcu.jpg)
प्रधानमन्त्री प्रचण्डले आज बिराट एक्स्पाेको उदघाटन गर्दै
![१५ असोजबाट पूर्णरुपमा अनलाइनबाट कम्पनी दर्ता गर्ने व्यवस्था लागु हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/company_41rrmcTHUX_o2d6nhkpmfv3aa2pvurt7nzgtndmwqdn7mqyaluyrxobpvblhvyc4qmo7kkg_GJe1Dqgwhk_vdopw21xoxqlgqbsrgldgfahpkxxv3f3lawvdmvza6glmfafnzswtehovnqu.jpg)
१५ असोजबाट पूर्णरुपमा अनलाइनबाट कम्पनी दर्ता गर्ने व्यवस्था लागु हुँदै
‘एभरेष्ट हाइपर मार्केट’ का ग्राहकलाई पेट्रोल फ्रि
![साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/GB-Sanghu-TV-E2023-07-14-10-07-05_S4G6nRw0RJ_0xd6mnx6hwgzmxf4sbgk6hdmwqroiq3nngdsfpi8kvzbm4bxiy2glcvx9r3r_K0s6EL9n0q_wxviymzyocyfvls9o9dba9jdsqaerzutx0psoyizbjyf2573v9skbmrnewus.jpeg)
साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने
![शनिले तोड्यो बृहस्पतिको रेकर्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/process-aws_oCIgwtt1Hn_1sgigd5j58jvnpvtaa1midfpa4iwv8lmpbrrgvbwjejiouzjnzsekp6lpf2s.webp)
शनिले तोड्यो बृहस्पतिको रेकर्ड
![](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news521640_bCAWmP9GnQ_uhb4ny2uwu0llsaplza8ibdwn5wgcl963i0t054s1gujy2jkcnmfb33k3qey.jpg)
![उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित](https://snowberry.prixacdn.net/media/gallery_folder/351146209_816535246470157_3205667337997030356_n_lUkCoQOUNM_mdp1morhvmoep4yhmkzeyeuvczjigojvjuuvq4qomcdo96889uk3c3vd0t39.jpg)
उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित
![सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी](https://snowberry.prixacdn.net/media/gallery_folder/pathibhara_LH8vYJ6G7L_0xfpk21u7c2bx1ivgutq0hj5s5d8o9tokfz5asf7b7xuumefrqtjukfkomxt.jpg)
प्रतिक्रिया