माेरङमा मलामी पुगेर फर्किएकालाई प्रहरीद्धारा निर्घात कुटपिट (भिडियाे सहित)

पथरी / मलामी पुगेर फर्किएका एक जनालाई मोरङ्गको पथरीशनिश्चरेमा प्रहरीले निर्घात कुटपिट गरेको छ । मलामी गएर फर्किएका युवा मोटरसाइकलमा सवार भएपनि हेल्मेट नलगाएको भन्दै पथरी वेशक्याम्पका प्रहरीले कुटपिट गरेका हुन् । आइतवार साझ पथरीशनिश्चरे १ पञ्चायत मावी नजिकैको सडकमा प्रहरीले ति युवा माथी कुटपिट गरेको हो ।
पथरीशनिश्चरे ७ किर्तिपुर घर भएका ति युवालाई प्रहरीले केहि सोधपुछ गर्न खोजेको र ति युवाले जवाफ दिनै लाग्दा प्रहरीले कुटेको स्थानियवासीले वताएका छन् । स्थानियवासीका अनुसार प्रहरीले कुटपिट गरेका युवा पथरीशनिश्चरे ७ का प्रेम लिम्वु रहेका छन् ।

पथरीशनिश्चरे नगर क्षेत्रमा प्रहरीबाट पिडित बनेको यो पहिलो घटना भने हैन । यस भन्दा अघि मोरंगको पथरीशनिश्चरे ५ का रोहन शाहलाई बिना कारण प्रहरीको चरम यातना दिएको थियो । शाहलाई लकडाउनको समयमा प्रहरीले बजार उठाउदै गरेको भिडियो खिचेको भन्दै निर्घात कुटपिट गरि उठ बस गराएको थियो । घर माथि रहेको शाहलाई प्रहरीले माथी नै गएर जवरजस्ती बाटामा ल्याएर ५ सय पटक उठबस गर्न लाएको शाहले बताएका थिए ।

त्यस्तै प्रहरीको बिरुद्धमा बोलेको भन्दै घरैबाट ल्याएर पथरीका डीएसपी दिलिपकुमार गिरीकै अगाडि कुटपिट गरेको पीडितले बताएको छ । घरायसी झगडाको बिषयमा गत फागुन ११ गते पथरीशनिश्चरे—३, सिर्जना चोकको गोजबहादुर राईलाई प्रहरीले पक्रेको थियो । राई पक्राउ परेको भोली पल्ट छुटेका थिए । छुट्ने क्रममा पाँच हजार रुपैया घुस प्रहरीले लिएको विषयमा विभिन्न अनलाइनहरुमा समाचार आएको थियो ।

मलामी पुगेर फर्किएका युवाले कुटाई खाएको विषयमा इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक दिलिप गिरीका अनुसार प्रहरी जवान मदन राईलाई कुटपिटमा संम्लग्न रहेको भन्दै विभागीय कारवाहिको प्रक्रिया वडाइएकोे जनाएका छन् । कुटपिट वाट सामान्य घाइते वनेका उनीलाई प्रहरीले घर फर्काएको छ । मलामीका रुपमा किर्तीपुरवाट महेन्द्र राजमार्ग उत्तर पुगेर फर्किएका उनलाई प्रहरीले कुटपिट गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित