आजको राशिफल / वि.सं. २०७५ माघ ०४ गते शुक्रबार
![](https://snowberry.prixacdn.net/media/gallery_folder/rashifal-friday-new-7_KHF8T3tnYj_1qyerwr6pa9o4sqvf6fp0m49cc4y6k9wmhhus9sjkoipzlhcq5pb2chnasdf.jpg)
वि.सं. २०७५ माघ ०४ गते शुक्रबार तदनुसार ई. सं. २०१९ जनवरी १८ तारिख, आजको चाडपर्व र उत्सव : शुक्र प्रदोष व्रत, मुस्याडुली, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पसल थाप्ने, शिलान्यास (सामान्य), गृहप्रवेश, डेरा सर्ने, पुराणश्रवण, कलशचक्र, पौष शुक्लपक्षको द्वादशी तिथि, साँझ ०५:११ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, रोहिणी नक्षत्र, बिहान ०९:३१ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, आजको चन्द्रमा बृष राशिमा, बेलुका ०९:०४ बजेसम्म, त्यसपछि मिथुन राशिमा, ब्रह्म योग, बेलुका ०८:०७ बजेसम्म, त्यसपछि ऐन्द्र योग, सुरुमा बालब करण साँझ ०५:११ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०४:२५ बजेसम्म, अन्तिममा तैतिल करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:३१ बजे
आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १०:५५ देखि १२:१४ सम्म, यमघण्ट : दिउँसो ०२:५३ देखि ०४:१२ सम्म, गुलिक काल : बिहान ०८:१७ देखि ०९:३६ सम्म, आजको वारवेला :– चर वारवेला : बिहान ०६:५८ देखि ०८:१७ सम्म, साँझ ०४:११ देखि ०७:१२ सम्म र मध्यरात्रीपछि ०५:१७ देखि ०६:५८ सम्म, रोग वारवेला : दिउँसो ०१:३४ देखि ०२:५३ सम्म र बेलुका ०७:१२ देखि ०८:५३ सम्म, काल वारवेला : दिउँसो १०:५५ देखि १२:१४ सम्म र बेलुका ०८:५३ देखि १०:३४ सम्म, लाभ वारवेला : बिहान ०८:१७ देखि ०९:३६ सम्म र बेलुका १०:३४ देखि १२:१४ सम्म, उद्वेग वारवेला : दिउँसो ०२:५३ देखि ०४:१२ सम्म र मध्यरात्रीपछि १२:१४ देखि ०१:५५ सम्म, शुभ वारवेला : दिउँसो १२:१४ देखि ०१:३४ सम्म र मध्यरात्रीपछि ०१:५५ देखि ०३:३६ सम्म, अमृत वारवेला : बिहान ०९:३६ देखि १०:५५ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१७ सम्म
आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्ेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
राशिमा चन्द्रमाले प्रवेश गर्ने भएकाले साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
चन्द्रमा अनिष्ट भएकाले महत्वपूर्ण कार्य गर्नु छ भने गोप्य राखेमा मात्र सफलता मिल्नेछ । मनमा जोस, जाँगर, उत्साह र उमङ्गमा कमी हुने छैन । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनमा उमङ्ग र उत्साह देखिने छ । तर प्रेमसम्बन्ध वा प्रणयप्रसङ्गमा असमझदारी बढ्ने छ । सरकारी जागिरेले धनार्जन गर्ने वा प्रशंसा पाउने समय त आएको छ, तर कामको चाप बढ्ने र फुर्सत नहुने लक्षण छ । बन्दव्यापारमा राम्रै प्रतिफल मिल्नेछ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । माया/प्रेमको वातावरण बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको राम्रो योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले मनोरञ्जनका क्षेत्रमा खर्च गर्ने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।
Purbeli TV
![प्रधानमन्त्री प्रचण्डले आज बिराट एक्स्पाेको उदघाटन गर्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda5_10LoX34RFS_xwkblfspfg5dijy8qxlgyldkqrixkgslzfph7w2ha5cm6zcgpntvhohvxthv_zXfgqFghDb_h4yyl4idirgqu9jnxd4r5mgldxn5m6pw7xurprw5ok8wrkzjal6l37yddlv1_CCVOz0jxk2_i96whtt9pqik1zcqauq2r6kqpowawfkqcbhcnlsunfpj4dq2orehyhwruzcu.jpg)
प्रधानमन्त्री प्रचण्डले आज बिराट एक्स्पाेको उदघाटन गर्दै
![१५ असोजबाट पूर्णरुपमा अनलाइनबाट कम्पनी दर्ता गर्ने व्यवस्था लागु हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/company_41rrmcTHUX_o2d6nhkpmfv3aa2pvurt7nzgtndmwqdn7mqyaluyrxobpvblhvyc4qmo7kkg_GJe1Dqgwhk_vdopw21xoxqlgqbsrgldgfahpkxxv3f3lawvdmvza6glmfafnzswtehovnqu.jpg)
१५ असोजबाट पूर्णरुपमा अनलाइनबाट कम्पनी दर्ता गर्ने व्यवस्था लागु हुँदै
‘एभरेष्ट हाइपर मार्केट’ का ग्राहकलाई पेट्रोल फ्रि
![साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/GB-Sanghu-TV-E2023-07-14-10-07-05_S4G6nRw0RJ_0xd6mnx6hwgzmxf4sbgk6hdmwqroiq3nngdsfpi8kvzbm4bxiy2glcvx9r3r_K0s6EL9n0q_wxviymzyocyfvls9o9dba9jdsqaerzutx0psoyizbjyf2573v9skbmrnewus.jpeg)
साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने
![शनिले तोड्यो बृहस्पतिको रेकर्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/process-aws_oCIgwtt1Hn_1sgigd5j58jvnpvtaa1midfpa4iwv8lmpbrrgvbwjejiouzjnzsekp6lpf2s.webp)
शनिले तोड्यो बृहस्पतिको रेकर्ड
![](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news521640_bCAWmP9GnQ_uhb4ny2uwu0llsaplza8ibdwn5wgcl963i0t054s1gujy2jkcnmfb33k3qey.jpg)
![उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित](https://snowberry.prixacdn.net/media/gallery_folder/351146209_816535246470157_3205667337997030356_n_lUkCoQOUNM_mdp1morhvmoep4yhmkzeyeuvczjigojvjuuvq4qomcdo96889uk3c3vd0t39.jpg)
उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित
![सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी](https://snowberry.prixacdn.net/media/gallery_folder/pathibhara_LH8vYJ6G7L_0xfpk21u7c2bx1ivgutq0hj5s5d8o9tokfz5asf7b7xuumefrqtjukfkomxt.jpg)
प्रतिक्रिया