कलाकारकाे सरंक्षण प्रति प्रदेश सरकार कटिवद्ध छ : राज्य मन्त्री गुरूङ
चलचित्र महोत्सवको लागि ५० लाख बजेट बिनियोजन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/film_ZVJl30ykZy_yrzvrrhp1xm2hwoyhxewh5nm2jrfxsuhdzg8sb2s08cxf0plychjgn5tin7p_m055iPnPaK_h7iyaztbo4c9ciptjitikkukhi8ugldfahlwhnrce0e80jhpjntn8xjvywic.jpg)
सरिता याेञ्जन
इटहरी । काेशी प्रदेशकी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री मन्त्री सुनिता गुरूङले कलाकारहरू देशकाे गहना भएकाे कारण उनिहरूकाे प्रवर्दन तथा संरक्षण प्रती तिनै तहका सरकार कटिबद्ध रहेकाे बताइन । सुनसरीकाे इटहरीमा चलचित्र विकास बोर्डको आयोजना र चलचित्र महासंघ प्रदेश नं. १ को सहकार्यमा आयोजित मेरो कथा चलचित्र सिर्जनात्मक कार्यशाला गोष्ठीलाइ सम्बाेधन गर्दै मन्त्री गुरूङले यस्ताे बताएकि हुन ।
साेमबारबाट सुरू भएकाे कार्यशाला ५ दिन सम्म रहने जनाइएकाे छ । उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरूङले कलाकार र उनिहरूले शिर्जना गरेकाे जुन सुकै बिधाका कृती या चलचित्र हुन तिनिहरूकाे सदैव सम्मान र प्रर्वदनमा अाफु लगायत सिंगाे मन्त्रालय लागेकाे बताइन । उनले कलाकारहरुलाई अगाडी बढाउनका लागि राज्यले बजेट छुट्याउनु पर्ने बताइन ।
आफ्नो मौलिक परम्परा र विभिन्न जातजातीको भाषा, संस्कृतिमा आधारित रहेर पर्यटन प्रवद्र्धनको लागि निर्माण भएका चलचित्रलाई महोत्सवमा प्रदर्शन गरेमा प्रोत्साहन स्वरुप उचित पुरस्कारको व्यवस्था आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नै गरेको समेत दाबी गरिन् । चलचित्र छायांकन अब कोशी प्रदेशमा नै गराउनका लागि आफूले सक्दो सहयोग गर्ने र राज्य समक्ष पहल गर्ने समेत उनले बताइन् । यसैबिच मन्त्री गुरूङले यस वर्ष चलचित्र महाेत्सवकालागि रू ५० लाख बजेटि बिनियाेजन गरिएकाे पनि बताइन ।
काठमाडौंमा स्थापित भएका कलाकारहरु मध्ये ७० प्रतिशत कोशी प्रदेशका कलाकारहरु भएको चलचित्र महासंघ प्रदेश नं. १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी गराए । काठमाडौं पछि अर्को छुट्टै क्षेत्र चलचित्र नगरीका रुपमा प्रदेश नं. १ लाई स्थापित गर्ने प्रधानले बताए । ५ दिने कार्यशाला गोष्ठीले सहभागीहरुलाई निपूर्ण बनाउने उनको भनाइ थियो ।
२० जनाको लागि दिइने भनेको सिर्जनात्मक कार्यशालामा जम्मा २५ जना प्रशिक्षार्थी सहभागिता रहेको थियो । उक्त कार्यशालामा सहभागी भएका १३ देखि १८ उमेर समूहका बालबालिकाहरु थिए । मेरो कथा चलचित्र सिर्जनात्मक कार्यशाला गोष्ठीको उद्घाटन समारोह चलचित्र विकास बोर्डका सदस्य कियल बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
![निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई](https://snowberry.prixacdn.net/media/gallery_folder/Daya-1_Vt5hUSJKph_pyxhtsyi3ajqwzqamz0tw8xditlcktm6j61yd7taqq4i6a58tvftiyvwq326_J3bn3OWNDp_j4qzpfnos0rh3d56euttxc8ulnavfibfbif3wshd56ofswg6urn3ytxyfofj.jpg)
निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई
![चर्चामा केकीको फिल्म ‘बोक्सीको घर’](https://snowberry.prixacdn.net/media/gallery_folder/kekiadhikari_bIXxyo1NIo_4ewb7fdcvpr5t5yhs7qmrjaxjgx7zzqwr878mwepevgfzdsqosdk9y8au5sp_tBynBq2H66_jr3p1dj3rzkflquxiewzzw6ukdnv3f73wivavbcrm1hzgmeftzlkwl12fxnb.png)
चर्चामा केकीको फिल्म ‘बोक्सीको घर’
![इटहरीको ओसीयन पार्कमा शुक्रबार राजेश पायल राईकाे बेजाेड प्रस्तुती रहने](https://snowberry.prixacdn.net/media/gallery_folder/nnnnn_IofldGM9MR_j2e37gplrpw0dpjpj1ranxjljfb6ung9zlnjikguhsjp8enkh9ooqttw6qf9_ZUL9em9dT2_jcdbmmnalsx6lgbvregrabbejermmrlclx1rxh0zgsybjdnok0meodq0xa8v.jpg)
इटहरीको ओसीयन पार्कमा शुक्रबार राजेश पायल राईकाे बेजाेड प्रस्तुती रहने
![बाेकेदाह्री श्रीकृष्ण लुइँटेलकाे नयाँ म्युजिक भिडियो "गाह्रो छ हौ मलाइ" सार्वजनिक (भिडियाे)](https://snowberry.prixacdn.net/media/gallery_folder/shree_YAWgku2j1f_kkuor21od4semopsyymok3hbgqcm0pavgefib39qmmdmn3jtwho6djrvtkam_Kxqu1XOet2_9g50hhylqkykry1s89vhfpwnvu1s8vbq7izryuknnewifi2dh94qklxt5u1v.jpg)
बाेकेदाह्री श्रीकृष्ण लुइँटेलकाे नयाँ म्युजिक भिडियो "गाह्रो छ हौ मलाइ" सार्व…
शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश
मापसे गरी गाडी चलाएका कमेडी च्याम्पियनका विशाल भण्डारी घाइते सबैकाे उपचार ग…
`मृत्यू हाेस् न यस्ताे´ कविता नाट्यप्रस्तुतिबाट बर्बरिकले रूहाए दर्शक
![समीक्षा अधिकारीले राखिन कडा धारणा : माया र करूणाको नाटक गर्ने बलात्कारीले जिउँदै त छाड्छन्, जीवनभर मार्छन्](https://snowberry.prixacdn.net/media/gallery_folder/Adhikari_nsRQn9LUCM_qu6uklepdlyizoybxttddn2c2shawmfklp2ociic1rv2vlvnuqvbzipai7uq_K9NfUNHSG3_xrrqudcnajrqxgd6nhyzkzzio7poiropebikvov7scym5llp31pxihrh1enl.jpg)
प्रतिक्रिया