पोखराकाे भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने
कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो । पूजाआजा गरेमा मनले चिताएको पुुग्ने तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको यस स्थलमा कास्कीका साथै तनहुँ, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन् ।
मन्दिरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय सङ्घ संस्थाका साथै वडा कार्यालयले सक्रियता देखाएको छ । विगतमा सामान्य कुुण्ड मात्रै रहेको यहाँ मन्दिर, ट्रष्ट भवनलगायतका पूर्वाधार निर्माण गरिएका स्थानीयवासी एवं पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार वडा कार्यालयले यस आर्थिक वर्षमा रु आठ लाख ५० हजारको लागतमा पुजारी आवाससहितको ट्रष्ट भवन निर्माण गरिसकेको छ ।
अघिल्लो आवमा मन्दिर परिसरमा रु १० लाख लागतमा शौचालय निर्माण गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिए । पूर्वाधार विकासकै क्रममा मन्दिर र त्यहाँस्थित जलकुण्ड (पोखरी)लाई व्यवस्थित गर्न वडा कार्यालयले रु आठ लाख उपलब्ध गराई निर्माण सम्पन्न भएको भुलभुला मन्दिर संरक्षण समितिका सदस्य शङ्कर अधिकारीले बताए ।
प्राचीनकालदेखि नै भुुलभुला देवीको महिमा र गरिमा आफूहरूले सुन्ने गरेको उल्लेख गर्दै वडाध्यक्ष अधिकारीले यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढाएको बताए । प्राचीन किंवदन्तीअनुसार भुलभुला देवीलाई ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रुपमा मान्दै पूजाआजा गर्ने गरिएको यहाँका बूढापाका बताउँछन् ।
प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिका दिनमा र चैते दसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा वर्षको एक पटक स्थानीयले सामूहिक पञ्चबलि दिने गरेका छन् । मन्दिरको पूजाआजाका लागि स्थायी स्रोत नभए पनि माथिल्लो पुडिटार र तल्लो पुडिटारमा स्थानीय मिलेर सामूहिक पञ्चबलि दिने गरेका छन् ।मन्दिर परिसरको जलकुण्डमा बाह्रै महिना पानी आइरहने स्थानीय समाजसेवी ८७ वर्षीय सम्मरलाल श्रेष्ठले बताए । जलकुण्डमा तलबाट निरन्तर पानी भुलभुल गरेर आउने भएकोले नै प्राचीनकालदेखि नै भुलभुला देवीका रुपमा लिने गरिएको उनको तर्क छ ।
स्थानीयवासीका अनुसार जलकुण्ड नजिकै पहिले खनियाँको रुख थियो । रुखको नजिकै सानो ढुङ्गे मन्दिर थियो । १८-१९ वर्षअघि उक्त रुख ओइल्याउँदै मरेको र सँगै ढुङ्गाको मन्दिर पनि दब्नुलाई धार्मिक महत्वसँग जोडेर हेर्ने गरिएको स्थानीयको भनाइ छ । प्रत्येक वर्षको वैशाख सङ्क्रान्तिमा प्राचीनकालदेखि मन्दिर परिसरमा मेला लाग्ने गरेकोमा विगत केही वर्ष अघिसम्म भैझगडाका कारण रोकिए पनि स्थानीय युवाले ११ वर्षयता त्यसलाई व्यवस्थित गर्दै आएका छन् ।
मन्दिरको संरक्षण र विकासलाई स्थानीय सामुदायिक बनसँगै नमूना युवा क्लब, भुुलभुुला युवा क्लबलगायतका सङ्घ संस्थाले सक्रियता देखाएका छन् । मन्दिरसँगै नजिकै रहेको डुुडेको रहलाई पनि पर्यटकीयरुपमा विकास गर्ने प्रयास थालिएको भुलभुला युवा क्लबका सचिव शिव अधिकारीले बताए ।
उनका अनुसार प्राकृतिक झरनाका रुपमा रहेको डुडेको रहको संरक्षण एवं पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिका–३३ को कार्यालयबाट रु चार लाख ५० हजार प्राप्त भई केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । ‘धार्मिक महत्वको भुलभुला मन्दिरसँगै डुडेको रहलाई समेटेर यहाँको पर्यटकीय विकास गर्न सकिने देखिएको छ’, उनले भने, ‘यहाँको प्रवद्र्धन र विकासका लागि स्थानीय सरकार, युवा क्लब एवं सरोकारवाला सबैको सहकार्य आवश्यक छ ।’
![पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro-prithvi-rajmarg-1720746717_5mhdHBtdJh_hrpfjasjqjf7qaqaqlulnp4gegdpltbwqbkkmf2uvnbikpe5wpt7wie46dkf_GlHIywe0Ih_syvc2c3ichm8blf5dpdgam2me8s5lgtx2ovath9wkbljgauntxlw589eiwvz.jpg)
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
![म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro-myagdi_mrqCLSWy4Y_tbzw2gzcmb019gruzpc2dum8pdziv3jhwnjvfbqjhoaj4eimtkmepm8sahkd_XMRrF6rx67_z9vrzlijzifokj1kyotampuldqsontdq2nqgyvdmtz7hdnsymaht6yiopguj.jpg)
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
![बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर
![गण्डकीमा सरकार विस्तार- देवकोटा र मनाङे बने मन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/Fanidnra_dipak.png_PdNmp68Ekd_i3c1lmxvilme4bttmxrcwv2cm9bbjcpqaciityue0vnmyz7qyvij1rfdhnwv_nRYSpOAhXX_zlchv4mselor3apofd6nacsplxnyo1fvvthf2dq2yahx6d55amezfh5xvri3.png)
गण्डकीमा सरकार विस्तार- देवकोटा र मनाङे बने मन्त्री
![मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/precast%2520techonology%2520purbelinews_OAiZEggS0R_ocwqv0dm1zdn8jawc25worlxlklljoqzmcejsyegwqpyk38bw6ks2qnnmxpw_l115SAi7WK_etx9eli4lkphkaemfsav2jf2fupuzmrcmvmge2jghs6vbaqcsfqdglhqqbhp.jpg)
मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
![गण्डकी सरकार बारे पूर्ण सुनुवाई बैशाख १० गते : दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news676700._hmF6I48fSe_scce1tokdwhmmpowcytpxf3hd0j2ig1ay9me5y7boyyxk09qh5ttzy1l0gph_arspT6ocuR_mi8vqe0sm3qid0id3xbzuz7phf7mpku3o3njpl5h3n4tuxhv3cq8se6cjpkk.jpg)
गण्डकी सरकार बारे पूर्ण सुनुवाई बैशाख १० गते : दिर्घकालिन असर पर्ने निर्णय नग…
![गण्डकीका सभामुख भन्छन्– मैले हस्ताक्षर गरेको छैन, राजीनामा पनि दिन्नँ](https://snowberry.prixacdn.net/media/gallery_folder/Gandaki-savamukh_tQXIa7qj6z_erbscyk4wzr4y0xrtrqmed9vtjcxuhnx0vkmmahwz7ieqvrchdwrbi3eq0ms_UxqPq3C5wD_4zck3awtlzmk5wi8vyfgoxwzvju3vga4k7gxctbp3t6u10icxjo4u8qnaydx.jpg)
गण्डकीका सभामुख भन्छन्– मैले हस्ताक्षर गरेको छैन, राजीनामा पनि दिन्नँ
![स्कुल बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
प्रतिक्रिया