भोजपुरमा पौडी खेल्ने क्रममा डुबेर दुईको मृत्यु

भोजपुर : भोजपुरको आमचौक गाउँपालिका १० स्थितमा दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । बुधबार दिउँसो आमचोक ६ देवानटारका २० वर्षीय सुदीप दर्जी र १८ वर्षीय अजय राईको दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले शव पोस्र्टमाटमको लागि धरानस्थित वीपी प्रतिष्ठान पठाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित