जनजीवनसँग जोडिएका यी काम जसले इटहरीवासीको मन जितिरहेको छ

इटहरी । इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले कार्यभार सम्हालेर काम सुरु गरेको २ वर्ष पुरा हुनै लागेको छ । सुरुका केही समय कर विवादमा फसेको इटहरी उपमहानगरपालिकाले पछिल्ला दिनमा गरेका कामले नगर बासीको ध्यानतान्न सफलभएको छ । यो अवधिमा उपमहानगरपालिकाले धेरै कामग¥यो । कामको लिस्ट लामै होला । तर आम सर्वसाधारण नगर बासीले उपमहानगरको कामलाई कसरी मुल्यांङकन गरेका छन्  त ?

हामीले २ बर्सेकार्यकाललाई कसरी सम्झनुहुन्छ भनी नगरबासीहरुलाई सोधेका छौँ । जस मध्ये अधिकांशले मुख्य ५ काम सम्झिएको प्रतिक्रियादिए । खोलापैनी सफाइ, इटहरी अस्पतालको सुधार, विद्यालय खाजा कार्यक्रम तथा शैक्षिक गुणस्तर सुधार, नागरिक सहायताकक्ष र पूर्वाधार विकासको कामनगर बासीले रुचाएका ५ कामहुन् ।  हामीले कुराकानी गरेकामध्ये धेरैले मुख्य रूपमायी ५ कामलाई जोडेर प्रतिक्रियादिए । दैनिकजनजीवनसँग जोडिएको र प्रत्यक्ष अनुभव गर्न पाएकाले राम्रो लागेको उनीहरूको भनाई छ । 

खोलापैनी सफाइ

खोलापैनी सफाइको कामलाई अधिकांश नगर बासीले राम्रो कामभनीप्रशंसा गरेका छन् । वर्षामा डुबानको पिडा भोग्दै आएकानगर बासीले खोला सफा भएपछि डुबान नहुने अपेक्षा गरेको बताए । 

अघिल्लो कार्यकालमाचर्चा मात्रै भएको तर काम नहुँदा नगर बासीले यस पटक पनिकाम हुन्छ भन्ने सोचेका थिएनन् । तर उनीहरूको सोचाई विपरीत खोला सफाइभइरहेको छ । यस कारण पनिउनीहरूको ध्यानतानिएको हो । इटहरी वडा नम्बर २ निवासी राधिका तिम्सिनाले खोला सफाइको काम राम्रो लागेको प्रतिक्रिया दिइन् ।

‘नयाँमेयर आएपछि खोलानाला सफाइ देखी टेङ्ग्राखोला सफाइ समेत भयो, बाटो सडक पनि बनेको छ । राम्रै काम भएको देखेका छौँ । ’ तिम्सिनाले भनिन्, ‘मेयर सावले स्कुलपनि सुधार गर्छु भन्नु भएको छ । त्यो पनि राम्रै लागेको छ ।’ ‘खोला सफा भएपछि डुबान हुँदैन कीभन्ने लागेको छ ’ उनले थपिन् ।  ‘बाढी आउलाभन्ने डर सधैँ हुन्छ , तर यो वर्ष खोला सफा गरेको छ । बाढी नपस्ला कि भन्ने लागेको छ । हेरौँ के हुन्छ ।’ इटहरी ४ कि विमला भट्टराईले भनिन् ।  नगरपालिकाले गरेको राम्रो काम उनलाई यहीखोला पैनी सफाइ नै लागेको बताइन् ।

प्रतिक्रिया व्यक्त गर्नेअन्यले पनि यो विषयलाई भन्न छुटाएनन् । टेङ्ग्राखोलाले दिएको दुःख सम्झिएका नगर बासीलाई यो कामले निकै खुसी बनाएको छ ।   उपमहानगरपालिकाले भर्खरै खेतीखोलापनि सफा गर्न खोलाको क्षेत्राधिकारको जग्गाखाली गर्न सूचना जारी गरेको छ । यसले पनिनगर बासीलाई हौसाएको छ । अब धेरैलाई खेतीखोलाको पनि सफाइहुने विश्वास बढेको छ । त्यहाँ पनि खोलाको जग्गामाबनाइएका घर भत्किएलान् भन्ने लागेको छ ।  

इटहरी अस्पतालको सुधार 

इटहरी वडा नम्बर ९का बद्रीशर्माले अचेलनियमित रूपमा स्वास्थ्यजाँचकालागि इटहरी अस्पताल जाने गरेको बताए । पहिले बिमाको रेफर लिनमात्रै जाने उनीअहिले भने इटहरी अस्पतालमै चेकजाँच गर्ने गरेको बताए । विशेष गरी नियमित रूपमा डाक्टर भेटिने,ब्लड,सुगर,ई सिजी, एक्स रे, लगायतका चेकजाँचपनिहुनथालेपछि ठुलो समस्याआएमात्रै धरानविराटनगर जानु परेको उनले सुनाए । 

यस्तै इटहरी ९ कै श्याम घिमिरेले अस्पतालमा सुधार आएको आफूले प्रत्यक्षअनुभव गरेको बताए । ‘अहिले अस्पतालको सेवाको स्तर वृद्धि भएको छ । सेवा वृद्धि भएपछि अहिले मानिसहरू अस्पतालमा चेकजाँचका लागि जाने गरेको मैले अनुभव गरेको छु ।’ उनले भने । यी २ जनाले जस्तै अनुभव सुनाउने अन्यनगर बासीले पनि इटहरी अस्पतालमा सुधार आएको प्रत्यक्षअनुभव गरेको प्रतिक्रियादिए ।  

अस्पतालमा के कति सुधार आएको छ, २ अघि र पछिको अवस्थातुलनागर्दा सजिलै थाहाहुने नगर बासीको भनाई छ ।  अस्पतालमाआएको सुधारको सङ्केत त्यहाँहुने भिडभाडले पनि गर्छ । भीड बढेपछि अझै प्रभावकारी व्यवस्थापनको मागहुनथालेको छ ।  स्वास्थ्यउपचारको सुधार प्रत्यक्ष देख्न र अनुभव गर्न पाएको र स्वास्थ्य क्षेत्रमाहुने खर्च कटौती समेत भएको नगर बासीले बताएका छन् । 

दैनिकजनजीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रमाआएको सुधारले नगर बासीको ध्यानाकर्षण गर्न सफलभएको देखियो । 

विद्यालय खाजा कार्यक्रम, शैक्षिक गुणस्तर सुधार 

सामुदायिकविद्यालयमा सुरु भएको विद्यालयखाजाकार्यक्रमलाई पनिनगर बासीअभिभावक र विद्यार्थीले राम्रो कामभनेका छन् । उपमहानगरले गरेकाकाममध्ये राम्रो कामविद्यालयखाजाकार्यक्रम रहेको प्रतिक्रियादिएका छन् । सुरुवातमा केही विवादास्पद कुरा आएपनिअहिले भने प्रभावकारी रूपमा सञ्चालनभइरहेको उपमहानगरपालिकाले जनाएको छ । 

विद्यालयमा अनियमित भएका विद्यार्थीलाई नियमितबनाउन र विद्यालय जान उत्प्रेरित गर्न  विद्यालय खाजा कार्यक्रम सफलभएको सरस्वतीजब्दी मा.विकीशिक्षिकाप्राथनात्रितालले बताइन् । विशेष गरी विपन्न समुदायका विद्यार्थीहरूलाई धेरै राहतभएको शिक्षिका त्रितालको भनाई छ । यो कार्यक्रम सुरु भएपछि सामुदायिक विद्यालयमा उल्लेख्य मात्रामा विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको उनले जानकारी दिइन । 

अर्कोतर्फ विद्यालयमा अङ्ग्रेजीको पठनपाठनले गर्दा बोर्डिङ स्कुलका विद्यार्थीहरू पनि सामुदायिक विद्यालयमा आकर्षित भएको उनले बताइन् । यसले सामुदायिक विद्यालयहरू पनि सुधार भएको आफूले प्रत्यक्षअनुभव गरेको उनको भनाई छ । 

अघिल्लो शैक्षिक सत्रबाट उपमहानगरपालिकाआफैले कक्षा ६ सम्म विद्यालय खाजा कार्यक्रम सुरु गरेको थियो । खाजा कार्यक्रम यो शैक्षिक सत्रबाट थपव्यवस्थित गर्ने उपमहानगरले जनाएको छ । विद्यार्थीहरूलाई पौष्टिक आहारा खुवाउन सामुदायिकविद्यालयमाखाजाकार्यक्रम सुरु गरिएको थियो । सामान्यचिउरा भुजाखाने विद्यार्थीहरूले अहिले सात दिन सात थरिका पौष्टिक खानेकुरा खानपाएका छन् । 

पौष्टिक खाजाखुवाउने कार्यक्रमले विद्यालयमा विद्यार्थी ड्रप आउट हुने समस्या समाधानभएको छ । विद्यार्थीहरू सबै जसो दिनविद्यालयजानथालेका छन्, भने पुरा दिनकक्षामा बसेर पढ्न थालेका छन् । इटहरी ६का नवराज सुवेदीले शैक्षिक क्षेत्र सुधारका लागि मेयर हेमकर्ण पौडेलले सुरु गरेको अभियानले राम्रो प्रभावपारेको बताए । विद्यालयखाजाकार्यक्रमसँगै सामुदायिकविद्यालय सुधारका लागि सुरु गरिएकापहलले पूर्णतानपाईसके पनिनिरन्तरताभए सफलहुने देखिएको उनले बताए । 

शैक्षिक क्षेत्र सुधार गर्न यो वर्ष लागु गर्ने गरी मेयर हेमकर्ण पौडेलले २७बुँदे सङ्कल्पपत्र जारी गरेका छन् ।निजीविद्यालयको व्यवस्थापन गर्न शुल्कनिर्धारण गर्ने विषयलाई पनिनगर बासीले राम्रो कामभनीप्रतिक्रियादिएका छन् । भर्ना शुल्कलिननपाउने नियमलाई अभिभावकहरूले राम्रो भने छन् ।  यसै शैक्षिक सत्रबाट सबै विद्यालयमा एउटै पोसाकको निर्णयले सामुदायिकविद्यालयकाविद्यार्थीहरू उत्साहित भएका छन् । 

एउटै पोसाकको विषयनिजीविद्यालयले विवाद सृजनागर्दै अदालत सम्म मुद्दा परेको थियो । तर अदालतबाट पनिअन्तरिम आदेश नआएपछि उपमहानगरले लागु गर्ने बताउँदै आएको छ । यो विषयले पनिनगर बासीअभिभावक र विद्यार्थीहरूलाई आकर्षण गराएको छ । 

नागरिक सहायताकक्ष र प्रशासन सुधार 

सेवालिनपुगेका नगर बासीले पहिले कहाँजाने अलमलहुने तर सहायताकक्ष स्थापना पछि सजिलो भएको बताएका छन् । सेवालिनपुगेका जो कोही सेवाग्राहीनागरिक सहायताकक्षमा एक पटक पुग्ने र अलमलभए सोधपुछ गरी काम गर्ने गरेका छन् । नागरिक सहायता कक्षमा निःशुल्कचियाकफीको विषयले नगर बासीमा राम्रै चर्चा पाएको छ ।  

उपमहानगरपालिकाको नागरिक सहायताकक्षमा भेटिएका सेवाग्राही रमेश बस्नेतले काम सकेर कालो कफीखाएर बसेको बताए ।  कर्मचारीले सजिलै काम गरिदिएको बताएका बस्नेतले काम सकेर कफीखानआएको बताए । बाहिर सुने जस्तै रहेको पाइएको उनले बताए । 

शाखा महाशाखामा कर्मचारी भेटिने,हुने भिडभाड हटेपछि सेवाग्राहीले परिवर्तनको महसुस गरेका छन् । प्रदान गरिने कतिपय सेवालाई अनलाइनबनाइएको छ । नगर बासीले घरमै बसाबसी सेवालिन सक्ने वातावरण तयार छ ।

घर नक्सालाई अनलाइन बनाइएको छ । जसले गर्दा पहिले जस्तो फाइलबोकेर धाउनुपर्दैन । भिडभाडमा लाइनलाग्नु पर्दैन । कर तथा राजश्वतिर्न मोबाइलतथा अनलाइनबाट सजिलै तिर्न सकिने भएकाले नगर बासीले सेवामा सुधार आएको महसुस गरेका छन् । 

पूर्वाधार विकास 

पूर्वाधारको क्षेत्रमा सडक, पुलनिर्माणमा पनि उपमहानगरले राम्रै काम गरेको नगर बासीले बताएका छन् । पुरानो बसपार्कलाई नयाँआधुनिकनिर्माण सुरु भएको,आकाशे पुल, आधुनिक सभाहलबन्न ठेक्कालागेको विषयलाई पनि राम्रो कामभनीउनीहरूले प्रतिक्रियादिएका छन् । 

इटहरी चोकमाबन्ने भनिएको आकाशे पुल चाँडै समयमै पुरा भएको हेर्न चाहेको प्रतिक्रिया दिएका छन् । स्थानीयश्याम घिमिरे इटहरीमाअत्यन्तै आवश्यक देखिएको आकाशे पुलनिर्माण गर्ने विषयआफूलाई राम्रो लागेको बताए ।  आकाशे पुलतोकिएको समयमै निर्माण सम्पन्नभए इटहरीको ट्राफिक व्यवस्थापनमा सुधार आउने घिमिरे बताए । 

प्रतिक्रिया

सम्बन्धित