इटहरीको खेती खोलाको अबैध संरचना हटाउन उपमहानगरको ३५ दिने उर्दी : आफै नभत्काए डोजर चलाउने उपमहानगरको चेतावनी

 इटहरी / इटहरी उप महानगरपालिकाले खेती खोलामा बनेको संरचना हटाउन ३५ दिने उर्दी जारी गरेको छ । खोला अतिक्रमण गरेर बनेको संरचना नहटाए डोजर चलाउने उपमहानगरले पत्रचार गरेको हो ।

खेती खोलामाथि नै धेरै संरचना अनधिकृत रुपमा बनेको भन्दै ३५ दिन भित्र खोलाको भाग छोड्न मेयर हेमकर्ण पौडेलले पत्रचार गरेका हुन । खोलाको भाग मिचेर बनेको संरचना नछोडे डोजर चलाउने मेयर पौडेलको भनाई छ ।

इटहरीको खेती खोलाको दुवै किनारबाट ६/६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर  पौडेलले बताए । उनले उक्त खोला पैनीको दुवै तर्फ ६/६ मिटर नछोडी बनेका भवन संरचना ३५ दिनभित्र स्यंव हटाउन सुचना जारी गरेका हुन ।


एक महिना अगाडी नै इटहरी उपमहानगरपालिकाले खोला-पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरेको थियो । खेती खोलामा दर्जनौ घर टहरा भत्काउदै आएको छ । खोला पैनी मिच्ने कसैलाई नछोड्ने मेयर पौडेलले बताउदै आएका छन ।

इटहरी उपमहानगरले दिएको समयभित्र उपरोक्त खोला तथा पैनी मिचेर बनेका अनाधिकृत भवन संरचना नहटाए उपमहानगरपालिका आँफैले त्यस्ता प्रकृतिका संरचना हटाई त्यस्ता भवन संरचना हटाउन लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित