इन्टरनेट र केबलका तार व्यवस्थित गर्न इटहरी उपमहानगरको निर्देशन

इटहरी/  इटहरी उपमहानगरले नगर क्षेत्रका सडक छेउमा अव्यवस्थित लत्रिएका केबल र इन्टरनेटको तार व्यवस्थापन गर्न शुरु गरेको छ। उपमहानगरले पत्राचार गर्दै अव्यवस्थित लत्रिएका केबल र इन्टरनेटको तार व्यवस्थापन गर्न निर्देशन दिएको हो।

अब्यवस्थित तारको कारण सहरको शौन्दर्यकरण नै बिग्रिएको भन्दै तार व्यवस्थापन गर्न पत्राचार गरिएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो।  म्याक्स, सुबिसु, वल्र्डलिंक, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले तार व्यवस्थित नगरेको भन्दै पत्राचार गरिएको हो।  आ आफ्नो तार १५ दिन भित्र ब्यबस्थित नगरे कानुन अनुसार कारवाही गरिने उपमहानगरले चेतावनी समेत दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित