उर्लाबारी खण्डमा रुख कटान सुरु,४ सय भन्दा बढी रुख काटिने

उर्लाबारी । एसियन राजमार्गको उर्लाबारीको पुर्वी सिमा मावा खोला देखी पश्चिमी सिमाना सुनझोडा खोला क्षेत्र सम्ममा पश्चिम खण्डमा साना ठुला गरी ४ सय ५७ वटा रुख काट्ने कार्यको थालनी भएको डिभिजन वन कार्यालय उर्लाबारी मंगलबारेले जनाएको छ ।

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको कार्य सुरु भएको हो । पहिलो चरणको कार्य अन्र्तगत झापाको कमल गाउपालिकाको सितापुरी देखी ईटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रुख कटान सुरु भएको छ ।

एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक चार लेनको काम अघि बढेको छ ।जसमध्ये पश्चिम खण्डको ५०।७ सय किलोमिटर सडक निर्माणको जिम्मा काठमान्डौको जैन सि आर, एफ जि टुडी कम्पनीले पाएको छ ।

कम्पनीका प्रतिनिधी हरीप्रसाद पराजुलीका अनुसार पश्चिम खण्डको क्षेत्रमा करिब ६ हजार ७ सय ३७ वटा रुख कटान हुने र ३ वर्ष भित्रमा ५०।७ सय किलोमिटर सडक निर्माण गर्ने गरी प्रोजेक्ट समझौता भएको बताए । एसियाली विकास बैंकको २८ अर्ब १७ करोड रुपैयाँको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व पश्चिम राजमार्गको १२० किलोमिटर क्षेत्र चार लेनको बनाउनेछ । ७१ वटा नयाँ पुलसहित राजमार्ग विस्तार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित