`मृत्यू हाेस् न यस्ताे´ कविता नाट्यप्रस्तुतिबाट बर्बरिकले रूहाए दर्शक
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित सुकुना बहुमुखी क्याम्पसमा कवि भरत गुरागाईँ बर्बरिकले साङ्गीतिक रूपमा अभिनय सहितको कविता वाचन गर्दा सुकुना क्याम्पसको माहाेल एकाएक कवितामय बन्यो ।
विराट साहित्य समाज सुन्दरहरैंचाद्वारा आयोजित बर्बरिककाे बेजोड प्रस्तुतिमा अभिनय सहितको एकल कविता वाचनले उपस्थित सबैको मन छोयो। नयाँ आयाम र शैलीका साथमा सङ्गीतले भरिएको मार्मिक कविता रसपानले सबैको आँखा रसाए ।
`कविता भनेको यस्तो हुनु पर्छ´ भन्दै दर्शकदिर्घाबाट तारिफका साथ ताली बजी रह्यो । बर्बरिकले आफ्ना चर्चित कविता आमा र कैली गाई , दसैँ कहिले आउँछ , मानवताको कविता तथा मृत्यु होस न यस्तो लगायत वाचन गरेका थिए । उनलाई कवितामा सङ्गीत भरेर वाद्यवादन सहित भोलामान गुरुङले सारङ्गी, जीवन घिमिरेले बाँसुरी, अनुप दियालीले तबला तथा नितेश गुरागाईँले पियानो बजाएर साथै अन्य कलाकारले अभिनय गरेर साथ दिएका थिए ।
साङ्गीतिक रूपमा अभिनय सहित नाट्यप्रस्तुुतिबाट बर्बरिकले कविता वाचन गरेको कार्यक्रममा अन्य कविहरूले समेत उनका कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने थिए । उनले बर्बरिकले नौलो शैलीबाट सङ्गीतका साथमा अभिनयद्वारा प्रस्तुत गरेको कविताबाट आफू प्रवाहित भएको उल्लेख गरे । प्रा. डा. न्यौपानेले कविता वाचन मात्र राम्रो भएर नहुने बताउँदै कवितामा सन्देश ,चेतना र परिवर्तनको सङ्केत हुन जरुरी रहेको जानकारी दिए । दीपक न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य विदुर सुवेदीबाट भएको थियो । कार्यक्रम उमानाथ भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।
![निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई](https://snowberry.prixacdn.net/media/gallery_folder/Daya-1_Vt5hUSJKph_pyxhtsyi3ajqwzqamz0tw8xditlcktm6j61yd7taqq4i6a58tvftiyvwq326_7pqhH3KgGO_t7urtwmn26y7odqc20nsbip6zzbujjtpc0eufgsddrvyqh74fs9xxxqyagv5.jpg)
निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई
![कलाकारकाे सरंक्षण प्रति प्रदेश सरकार कटिवद्ध छ : राज्य मन्त्री गुरूङ](https://snowberry.prixacdn.net/media/gallery_folder/film_ZVJl30ykZy_yrzvrrhp1xm2hwoyhxewh5nm2jrfxsuhdzg8sb2s08cxf0plychjgn5tin7p_m055iPnPaK_h7iyaztbo4c9ciptjitikkukhi8ugldfahlwhnrce0e80jhpjntn8xjvywic.jpg)
कलाकारकाे सरंक्षण प्रति प्रदेश सरकार कटिवद्ध छ : राज्य मन्त्री गुरूङ
![चर्चामा केकीको फिल्म ‘बोक्सीको घर’](https://snowberry.prixacdn.net/media/gallery_folder/kekiadhikari_bIXxyo1NIo_4ewb7fdcvpr5t5yhs7qmrjaxjgx7zzqwr878mwepevgfzdsqosdk9y8au5sp_tBynBq2H66_jr3p1dj3rzkflquxiewzzw6ukdnv3f73wivavbcrm1hzgmeftzlkwl12fxnb.png)
चर्चामा केकीको फिल्म ‘बोक्सीको घर’
![इटहरीको ओसीयन पार्कमा शुक्रबार राजेश पायल राईकाे बेजाेड प्रस्तुती रहने](https://snowberry.prixacdn.net/media/gallery_folder/nnnnn_IofldGM9MR_j2e37gplrpw0dpjpj1ranxjljfb6ung9zlnjikguhsjp8enkh9ooqttw6qf9_rGqXzrq06R_kbu3cocl8t7u1adhfvfkzduubz6pwalwnticxdwv3pfvz2qz5h0r6aat9pfp.jpg)
इटहरीको ओसीयन पार्कमा शुक्रबार राजेश पायल राईकाे बेजाेड प्रस्तुती रहने
![बाेकेदाह्री श्रीकृष्ण लुइँटेलकाे नयाँ म्युजिक भिडियो "गाह्रो छ हौ मलाइ" सार्वजनिक (भिडियाे)](https://snowberry.prixacdn.net/media/gallery_folder/shree_YAWgku2j1f_kkuor21od4semopsyymok3hbgqcm0pavgefib39qmmdmn3jtwho6djrvtkam_Kxqu1XOet2_9g50hhylqkykry1s89vhfpwnvu1s8vbq7izryuknnewifi2dh94qklxt5u1v.jpg)
बाेकेदाह्री श्रीकृष्ण लुइँटेलकाे नयाँ म्युजिक भिडियो "गाह्रो छ हौ मलाइ" सार्व…
शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश
मापसे गरी गाडी चलाएका कमेडी च्याम्पियनका विशाल भण्डारी घाइते सबैकाे उपचार ग…
![समीक्षा अधिकारीले राखिन कडा धारणा : माया र करूणाको नाटक गर्ने बलात्कारीले जिउँदै त छाड्छन्, जीवनभर मार्छन्](https://snowberry.prixacdn.net/media/gallery_folder/Adhikari_nsRQn9LUCM_qu6uklepdlyizoybxttddn2c2shawmfklp2ociic1rv2vlvnuqvbzipai7uq_1Wf5v518k8_oeg3r9nng9qbbjlqcyxrj0b9jdnex9s2qw7lqoo0mjgtoeaz4wkrz3ztplxr.jpg)
प्रतिक्रिया