मोरङमा भेटिए लिटिल बुद्ध ! (तस्विरहरू सहित)
![](https://snowberry.prixacdn.net/media/gallery_folder/little%2520buddha_GGJ8FpxDva_9cmb6mafd4ydzzmtljbelod8o409ccwueflznkgjpdiedluy6mc1hy40xmo2_dcoSLJBew4_shrfotpmr4b8hksricgltakhpt66mopvqemr9p1bvszzc1gfv35qnpl8wkpm.jpg)
मोरङ / अदभूत क्षमताको कारण दुनिया चकित मोरङ । मोरङको मिक्लाजुङ–४, हात्तीमारा सिरानका २३ वर्षीय रोहित तामाङ फागुन ९ देखि एउटा रुखको टोड्कामा ध्यान गरेर बसिरहनुभएको छ । घरबाट पूर्वोत्तरमा रहेको विशाल मैनाको रुखमुनि उहाँ ध्यानमग्न हुनुहुन्छ । रुखको तल्लो भागमा आगो लागेर ठुलो टोड्को परेको छ ।
त्यही टोड्काभित्र गौतम बुद्धको तस्बिर राखेर उहाँ तपस्यामा हुनुहुन्छ । रोहितका साथी निशान राईका अनुसार शनिबार बिहान ६ बजे स्थानीय पुग्दा रोहित ध्यानमा हुनुहुन्थ्यो । ११ बजे सञ्चारकर्मीको टोली पुग्दा पनि उहाँ स्थिर रूपमा ध्यानमा मग्न भेटिनुभयो । घरमा भाइसँग बस्दै आउनुभएका रोहितकी आमाले दोस्रो विवाह गर्नुभएको छ भने बाबु लोकबहादुर कान्छी लिएर बस्नुभएको छ । अविवाहित रोहितले कक्षा १० सम्म अध्ययन गर्नुभएको छ । रोहितले गत माघ १० देखि एकाएक आफूलाई अध्यात्ममा लगाएको उहाँका भाइ लबिन तामाङले बताउनुभयो ।
भाइ लबिनका अनुसार रोहितले माघ १० देखि आफन्त, साथीभाइ सबैलाई तपाईं भन्न थाल्नुभयो । कोहीसँग ठट्टा नगर्ने, धेरै नबोल्ने, चाहिएको मात्र बोल्न थाल्नुभएका उहाँले बौद्ध धर्मको अनुयायी बनेर २७ औँ धर्मकुण्डली सफाइ गर्ने भन्दै ध्यान सुरु गरेको भाइ लबिनले बताउनुभयो । स्थानीय छिमेकी र आफन्तसमेत उहाँको दिनचर्या परिवर्तन भएको देखेपछि चकित भएका छन् । मिक्लाजुङ–४ का वडाध्यक्ष विशाल राईले रोहितको दिनचर्या एकाएक परिवर्तन भएपछि समाज नै चकित परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले पनि उनी औसत मानिस जस्तै नियमित काम गर्ने, खाने गर्थे । उनमा कुनै मानसिक समस्या थिएन । शुक्रबार बेलुकीपख मैनाको विशाल रुखका हाँगा हाँगामा केही पनि नसमाइकन हिँडेको देखेपछि हामी पनि अचम्मित भएका छौँ । त्यो रुखमा चढ्न नै गाह्रो छ । चढेर हाँगा हाँगामा हिँड्न झन् गाह्रो छ । जादुगर जसरी हिँडेको देखेपछि हामी पनि चकित भएका छौँ ।” स्थानीयका अनुसार रोहितले फलफूलबाहेक केही खानुभएको छैन । रुखका हाँगा हाँगामा कुदिरहँदा लड्लान् कि भन्ने चिन्ता थपिएको स्थानीय रेखा राईले बताउनुभयो ।
![इटहरीको ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट बहुमतले पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/056846_n_hMTe1DcYfv_7glwpebz1egukoifcmqgsnwywxhxcmilfptipsqro2c07atizfzmipwjyju4_UaJ5cbTAKQ_yuq4axy04ed5bafpjiknnjpord3hzwbyj25ydz4ejn9t2f2izjlzbzl6ut8j.jpg)
इटहरीको ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट बहुमतले पारित
इटहरीमा २० दिने कफि मेकिङ्ग वारिस्टा तालिम सम्पन्न
![एमालेका जनप्रतिनिधीको कारण उपभोक्ताले भुक्तानी नपाएको मेयर पौडेलको आरोप](https://snowberry.prixacdn.net/media/gallery_folder/meyar-of-itahari_55kebVBjk5_vespnpgoenc77zha7yixg5jow6zd1ftsbxj9sgsdicwcna0efqeiq6wmi0ql_nJg77UWxHt_zrx0jr8bc7xyg4g49gjaznqkrvcddm6wvefqyatuhzneobqeary7ltostocz.jpg)
एमालेका जनप्रतिनिधीको कारण उपभोक्ताले भुक्तानी नपाएको मेयर पौडेलको आरोप
![स्कार्पियोको ठक्करबाट सिटीमा सवार ४ घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/448314778_885609416929996_7364975672453669342_n_UBDbGOWYZd_bqsai2tocrizkdnx5firbhombhlzlefnl3mlz1wcf0kawlkcagfsx6m2ue1d_rRHP3qUx0X_uwwncxnzmeed8ogejmwbfwsqhcxnskxwu0x7bnwogoufoon41agrp4khmzlx.jpg)
स्कार्पियोको ठक्करबाट सिटीमा सवार ४ घाइते
![इन्टरनेट र केबलका तार व्यवस्थित गर्न इटहरी उपमहानगरको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_mBVFb0LuIE_hlf9o9jwoh88tiecej0gfpat54qcfen4n3iw88ya43brhz7mgis62ijm3qro_hKGWVCtNFw_kurvjg82rem70k5tdpczyjhmmg0uy2xuxhehkupnn0htmwxgx7m6uasylozr_jYJlDQSMNq_ur3o1abm1suv8qhthhkpycgmttxlelbmadnuvo3kiiysxhrloessdhflfcda_lFbLWVm7wj_hw14ngxve6ipwernxx7izfgydidybqf3u7gxojicr8gph1kupqpgecluffvr_6X6uPAw8Zu_gw0iakpxbw8xedojt7hztxlrdvjy8tlpvgohanzwiucxfajmpfnstimxrmo8_hSoRJ3DOOb_b2qdj2tk2og94ffm6pfupxgg6wlxj2uxasamgnqr70jqdqntu9xcdlbcvlt7.jpg)
इन्टरनेट र केबलका तार व्यवस्थित गर्न इटहरी उपमहानगरको निर्देशन
![आजको मौसम: कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली](https://snowberry.prixacdn.net/media/gallery_folder/mousam_Ugse9P2d6b_whplqlxaofeytqztxkrwymwazp9y4f7wdqkgnqrgjwdd5wsocccd0niuh6t3_gpjalTZ4qW_gwboyv0s8wgtckw8152mogvjfn04s2gj1kqu10dagjn28mtccrnfgyotsrms_jnzOmz5DLG_zcue5ch96ohau5w0qlikftas8uhw70bphwsise1d3dj72k3avkcxf6xtvljj_julkTJDaFy_pto5ooz5ag1nuwzl5khmrno6bxvhz5ziwwcfm2tabnlzqmz8nghru5eiwms1_4vP8zdFWU8_xvjrar7rf12wpb24nnatzrdwjbynktbeyq9qnluuh0e0pg26xmsiocjqe86d.jpg)
आजको मौसम: कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया ब…
![जनजीवनसँग जोडिएका यी काम जसले इटहरीवासीको मन जितिरहेको छ](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_mBVFb0LuIE_hlf9o9jwoh88tiecej0gfpat54qcfen4n3iw88ya43brhz7mgis62ijm3qro_hKGWVCtNFw_kurvjg82rem70k5tdpczyjhmmg0uy2xuxhehkupnn0htmwxgx7m6uasylozr_jYJlDQSMNq_ur3o1abm1suv8qhthhkpycgmttxlelbmadnuvo3kiiysxhrloessdhflfcda_BA1YTcOMIL_upim1aehem5wwgslpmvjkwkselzfw0qrwvomkhkgkf7ryzludgqaoe7rvx1t.jpg)
जनजीवनसँग जोडिएका यी काम जसले इटहरीवासीको मन जितिरहेको छ
![इटहरीको खेती खोलाको अबैध संरचना हटाउन उपमहानगरको ३५ दिने उर्दी : आफै नभत्काए डोजर चलाउने उपमहानगरको चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_Mfah4tSdK5_8vacifmcgsqj6p5tyizq0uic9lljgxczejbkphxv31mq16e6dbo1kuncoje2_xlD3L0B4KL_13nwqwsqf8vf25ayq3dhishqziidyirmehdczmbix7p6eiyemiyvxmtufshz_2ZZJeP9kGO_uyoindfjuiobtsnadqvxyr6z0r8va1millkmyysundfzpehrspjynmf7fosj_ZDk27ygHyK_fhotg8eu5ilyiraxpyfrbzeshorgarbifapqvjcyne1raxwh4ejesv5inrkl_VbyoDnxytw_janc3x3owhiaz9etlywfrrzcaf0l0ly0lapc53d9iuau9xp5tkuq8s4l84mo.jpg)
प्रतिक्रिया