इटहरीका सबै विद्यालयमा एउटै पोसाक लागू किताव तथा स्टेशनरी बिक्रि बितरणमा रोक विद्यालयमा पोसाक बेचे कारबाही गर्छौ - नगर प्रमुख

इटहरी / विद्यार्थीबीच बढ्दै गएको असमानता मध्यनजर गरेर इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ । नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोसाक खरिद गर्ने बेला इटहरी उपमहानगरले यस्तो निर्णय लिएको हो । इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरि १७० वटा विद्यालय छन । ६३ हजार ५ सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जानेछन् । नगरशिक्षा समिति इटहरीले विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउन यस्तो निर्णय गरेको हो ।

इटहरी भित्रका निजी तथा सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोसाक लगाउनुपर्ने गरी नियम बनाएका छौं,’ इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले भने । विद्यालयमा टाई हटाएर भादगाउले टोपी लगाउने निर्णय गरेको हो । अब इटहरीका विद्यालयमा टाइ देख्न पाईने छैन । ‘पोसाक देखेर इटहरीका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य पनि हो,’ उपमहानगरका प्रमुख पौडेलले भने ।

निजी स्कुलहरुले ड्रेस पनि बढि मुल्यमा आफ्नै स्कुलबाट बिक्रि गर्ने गरेका छन त्यो रोक्ने हाम्रो अभियान पनि हो मेयर पौडेलले भने । साथै उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरुको छोरा छोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरेको हो । स्कुलहरुले आफ्नो लोगो भने राख्न पाउछन मेयर पौडेल भन्छन । निजी स्कुलहरुमा मोचा टाइ समेत बिक्रि गर्ने गरेको भन्दै त्यो रोक्न कदम चालिएको हो ।

विद्यालय मातहतमा कुनै स्टेशनरी बेच्न नपाइने र भर्ना शुल्क वापत एक पटक लिए पछि सो विद्यालयमा पढ्ने बिधार्थी वापत पटक पटक कक्षा चड्दा भर्ना शुल्क लिन नपाइने भएको हो । विद्यालय आफैँले किताब बेच्न नपाउने विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उप महानगरपालिकाले विद्यालय आफैले किताब बेच्न नपाउने निर्णय गरेको छ। विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री-वितरण गर्न रोक लगाएको हो । बैठकले ।उप महानगर भित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो निर्णय गरेको मेयर हेमकर्ण पौडेलले बताए । विद्यालय आफैले किताव तथा स्टेशनरी राखेर बिक्रि गर्ने प्रतिबन्ध गरिएको मेयर पौडेलको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित