सुनसरीमा छोराको कुटपिटबाट बाबुको मृत्यु

सुनसरी / सुनसरीमा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको इनरुवा ८ मा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको हो ।

इनरुवा ८ गणेशपुर टोलका २१ वर्षीय चिबु सदाले घरायसी विवादको क्रममा बाबु ७० वर्षीय चिलिया रिसीदेव सदालाई माघ ११ गते कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका चिलियाको विराटनगरस्थित कोसी अस्पतालमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

सदालाई सोमबार बराहक्षेत्र ५ स्थित भरौलबाट पक्राउ गरेर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित