बेतनाको ताला खोल्ने नगरपालिका,राजनीतिक दल र बनको प्रयास असफल

बेलबारी / मोरङको बेलबारी ४ मा बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहको कार्यलयमा अढाई महिना अघिदेखि लगाईएको ताला खोल्न बेलबारी नगरपालिका,राजनीतिक दल र बनका प्रतिनिधिहरुले गरेको प्रयास असफल भएको छ ।

बुधबार बसेको सर्बदलीय बैठकमा ताला खोल्ने सहमति पछि बिहिबार बिहान बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा (कोईराला,राजनीतिक दलका प्रमुखहरु,बन कार्यलयका प्रतिनिधि बेतना सिमसार पुगेका थिए । संघर्ष समितिले ताला खोल्न आफुहरु सँग छलफल नभएको र राजनीतिक दलहरुले आफुखुसी बिभिन्न समितिहरु निर्माण गर्दै मनपरी गरेको भन्दै असहमति जनाएपछि बन कार्यलयको रोहबरमा मुचुल्का उठाएर ताला खोल्ने असफल प्यास समेत भएको थियो । संघर्ष समितिका संयोजक मनिकुमार लिम्बुले ताला खोल्नका लागि संघर्ष समितिका पदाधिकारी र स्थानीय सँग समेत छलफल गर्नुपर्ने बताएपछि शुक्रबार बिहान ८ बजेसम्मका लागि समय उपदलब्ध गराईएको छ ।

यसअघि पनि पटक पटक राजनीतिक दलको संयन्त्र बन्ने र बेलबारी ४ का स्थानीयलाई उपेक्षा गर्ने र आश्वासन पछि माग पुरा नगरेको भन्दै संघर्ष समिति आन्दोलित भएको थियो । संघर्ष समितिले बन समुहमा भएको भ्रष्टचारको छानबिन हुनुपर्ने माग समेत गरेको छ । राजनीतिक दलले बनाएको स्.यन्त्र भन्दा पनि स्थानीय सहितको छानबिन समिति बनाईनुपर्ने उनीहरुको माग छ ।

बेतना सिमसार बन समुहको निर्बाचन ८ बर्षदेखि हुन सकेको छैन । एक महिनाअघि तोकिएको समुहको साधारणसभामा समेत स्थानीय र संघर्ष समितिले अबरोध गरेपछि निर्बाचन हुन सकेको छैन । समुहको परिषद सदस्यमा ५१ प्रतिशत बेलबारी ४ को हुनुपर्ने माग सहित स्थानीय आन्दोलित छन । दलीय संयन्त्रले भने बेलबारी ४ लाई ४८ प्रतिशत परिषद सदस्य दिने सहमति गरेको छ । संघर्ष समितिले लगाएको ताला खोल्न स्थानीयको माग सम्बोधन भएमात्र ताला खोलिने र अब पहिले जस्तै उधारो सहमतिमा ताला नखोलिने समितिका संयोजक लिम्बु बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित