अत्यधिक चिसो बढ्न थालेपछि इटहरीका विद्यालय तीन दिन विदा

इटहरी / इटहरी उप महानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था तीन दिन विदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले माघ ३,४ र ५ गते विदा दिने निर्णय गरेको हो ।

‘केही दिनदेखि बढेको चिसो तथा शीतलहरका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको तथा स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस उप महानगरपालिका क्षेत्रभित्र संचालित सम्पूर्ण विद्यालयको पठनपाठन मिति २०८०/१०/०३ गतेदेखि २०८०/१०/०५ गतेसम्म बन्द गर्न निर्णय अनुसार जानकारी गराइन्छ’, इटहरी उप महानगरपालिकाका शैक्षिक प्रशासन शाखा अधिकृत दोर्ण दाहालद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित