बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका ‘पीएसओ’ निलम्बित
ललितपुरका सीडीओ गृह तानिए, इपीएस शाखाका निर्देशक सुवेदीको सरुवा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/bal_cx9pnMDR5y_zmulljmd7segfkvs7hqacdn5dn7k8hcppcw24sujhobuywnxhtms9cwhpggz_fN3DRv85px_q3ju4z2rt3jyiylc4n2fi3bazhldq1updjzl4a0kkfrxqqttogftagaotcfu.jpg)
इटहरी । सरकारले हिजो (शुक्रबार) को बालकुमारी घटनामा संयमता अपनाउन नसकेको भन्दै सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पीएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो । फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओलाई निलम्बन गर्ने निर्णय भएको गृहमन्त्री श्रेष्ठले जनाए ।
यस्तै ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेड क्वार्टर र सीडीओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानिएको छ । यस्तै इपिएस शाखाका निर्देशक गुरूदत्त सुवेदीलाई सरूवा गर्ने निर्णय पनि सरकारले गरेको छ ।
शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए । त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो । घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
![बहादुरसिंह लामाको राजनीतिक यात्रा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म](https://snowberry.prixacdn.net/media/gallery_folder/bahadur_singh_lama_mEbNf9cGgf_nkriwhocyeyvggxeksxz7vczxxhigbkboyttycumedrblhlnm7gsny4cxvks_u0nt3zCdua_hyg5aessidplc6shubdko4przrgudhtwl7ron18ouw4a8pmkdprngslfgflr.jpg)
बहादुरसिंह लामाको राजनीतिक यात्रा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म
![पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_0351-1713609692_WC3LhF8CGp_c3s2unfsyl1ht0rnwgndsjc0rmmzpgssmr7plplpfmz468saq8jt5ichvdgg_5rA8BOgV3t_g0n8a0cqos8ofq3xyv4vyyey5qw6ezumbsjj1ugari1wlr1jndig72mxnsno.jpeg)
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
![१४ वर्षीया बालिकाको मृत्यु प्रकरण,प्रधानाध्यापकसहित ३ जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/431145134_812454477578824_6292702254885252129_n_GFoQFn2lPC_3sgrffu6zffhvb1aqombyitmjjdwewy7bxxfyrygxr07k6uixggwqf6k1301_21QUR5LxMY_zpzworrubmyq3iklijfefizmzbqyyedg7jbavvo75rdtdetbf7w5y7euqysu.jpg)
१४ वर्षीया बालिकाको मृत्यु प्रकरण,प्रधानाध्यापकसहित ३ जना पक्राउ
![१५ हजार घुस लिएको आरोपमा मालपोतका खरिदार साह दोषि ठहर](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
१५ हजार घुस लिएको आरोपमा मालपोतका खरिदार साह दोषि ठहर
![बोक्सी आरोपमा काकाको हत्या गरी फरार भएका दुईजना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news623430._hxumYD12lX_uyjr5xhcrvvbyvgcon9ntcpw0ga9m994v8efimumqj7rwjqvm6ol8kcgen9h_oYUZzbbQFm_zolu9vjcembhoyxj36zbcaihrfb2ssm8yexpwab9yivniaqjuevslbcooavu.jpg)
बोक्सी आरोपमा काकाको हत्या गरी फरार भएका दुईजना पक्राउ
![दुर्घटनाले उजाड्यो परिवार](https://snowberry.prixacdn.net/media/gallery_folder/ahitlang-accident202_dGPWIkTt2k_nnno3yvhl0btz8kt4jwfxs8bdrqsbhif25eltdmosds5z99x0lj71xnw6lhw_X2o3AD9lvf_mpztjfuuccr12g0sadhlz9nmy1trbjavft4wds29mztotxlw1kdmeid5w00q.jpg)
दुर्घटनाले उजाड्यो परिवार
![चन्द्रागिरिमा कार दुर्घटना हुँदा एकै परिवारका ५ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/chandragiri1690542058_ggKDZAd7qy_spr2kf1eafrvuzhigtxl6grjpny96l2t7gs2yqicdj3cor9euvbzdvbxbtkr_b9hzgVVkd1_ynb6uwqv58sqldi346ire7r3kro51rly31xngqv3yvki3zgnqdx4xfcflwyi.jpg)
चन्द्रागिरिमा कार दुर्घटना हुँदा एकै परिवारका ५ जनाको मृत्यु
![चन्द्रागिरि कार दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
प्रतिक्रिया