चन्द्रागिरिमा कार दुर्घटना हुँदा एकै परिवारका ५ जनाको मृत्यु

थानकोट-चित्लाङ सडक खण्ड चन्द्रागिरि नगरपालिका-४ सेतो पहरामा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी शनिबार दिउँसो अनियन्त्रित भएर दुर्घटना हुदा ४ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौं-३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, ज्वाइँ काठमाडौं–२ का महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियन्स रहेका छन्। एक जना भने हाम फालेर बच्न सफल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित