साैराहा पर्यटन महाेत्सव : हात्तीलाई बनभाेज खुवाउदा जे देखियाे
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Elephant_Picni-_cKlOYH7zRk_cqxk94as4ouzvjr0vpd5egqqs4wxpu1phkvt1wv69bm217unzmfsoxxxqbxa_ykDNx9nCLX_z57zmnlldya35avu7r8wno5b3k4iz07nlurfh9dhtdduhxczdp85fsyubnw4.jpg)
चितवन । बाह्रौँ अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खीर, केकसहित वनभोज खुवाइएको हो ।युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज खुवाएको हो ।
हात्तीलाई चामल र भेलीको खीर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरबुजा खुवाइएको हो ।सो अवसरमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा उहाँले सरकारले निजी स्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको भन्दै सरकारले निजी स्तरमा पालेको हात्तीहरुको विवरण सङ्कलन गरिरहेको जानकारी दिए । नेपालमा एक सय ५० वटा हात्ती निजी स्तरमा पालिएका छन् ।
सौराहामा सफारी पर्यटनमा प्रयोग भएका हात्तीहरुको पनि दर्ता गर्न निकुञ्जले सहयोग गर्ने उनको भनाइ छ ।चितवन राष्ट्रिय निकुञ्जमा दरबन्दी रहेका ५०, राष्ट्रिय प्रकृति संरक्षण कोषमा सात र सौराहामा निजी स्तरमा पालेका ५० वटा हात्ती छन् । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहाको पर्यटन विकासमा हात्तीको महत्वको चर्चा गर्दै सफारी पर्यटनलाई जीवित राख्ने उद्देश्यले हात्ती दिवस मनाइएको बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वन, क्षेत्रीय होटल सङ्घ सौराहा, रेवान सौराहाको सहआयोजना तथा लायन्स क्लब अफ सौराहा वाइल्डलाइफ सिटी, लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पको सहयोगमा दिवस मनाइएको हो ।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव आगामी शनिबारसम्म सञ्चालन हुनेछ। चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।
![बहादुरसिंह लामाको राजनीतिक यात्रा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म](https://snowberry.prixacdn.net/media/gallery_folder/bahadur_singh_lama_mEbNf9cGgf_nkriwhocyeyvggxeksxz7vczxxhigbkboyttycumedrblhlnm7gsny4cxvks_bQZYp8KpPS_el4g2soblqc9wn9whrruu4cvgykimbbld6rou2owqpddaecjdfv2lctqd6fy.jpg)
बहादुरसिंह लामाको राजनीतिक यात्रा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म
![पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_0351-1713609692_WC3LhF8CGp_c3s2unfsyl1ht0rnwgndsjc0rmmzpgssmr7plplpfmz468saq8jt5ichvdgg_RKJdwGQkJz_z8cbmexcif6zcmnb9s3nmrd5hi0i3n1s1fd7ldjaoccqj0rtldazs6r2nfo4.jpeg)
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
![१४ वर्षीया बालिकाको मृत्यु प्रकरण,प्रधानाध्यापकसहित ३ जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/431145134_812454477578824_6292702254885252129_n_GFoQFn2lPC_3sgrffu6zffhvb1aqombyitmjjdwewy7bxxfyrygxr07k6uixggwqf6k1301_FFoj3adv8K_4mycmhdax2stl2nkstfm5hyteello4rtdtv2g4lyh9zjnx59rgybx4jotxqw.jpg)
१४ वर्षीया बालिकाको मृत्यु प्रकरण,प्रधानाध्यापकसहित ३ जना पक्राउ
![१५ हजार घुस लिएको आरोपमा मालपोतका खरिदार साह दोषि ठहर](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
१५ हजार घुस लिएको आरोपमा मालपोतका खरिदार साह दोषि ठहर
![बोक्सी आरोपमा काकाको हत्या गरी फरार भएका दुईजना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news623430._hxumYD12lX_uyjr5xhcrvvbyvgcon9ntcpw0ga9m994v8efimumqj7rwjqvm6ol8kcgen9h_3a0P14H3Hr_8hexyvculjnfnfyp9idf5xts5kvzobjy3adxs8wgeoiafsgnoz1qbguwq42y.jpg)
बोक्सी आरोपमा काकाको हत्या गरी फरार भएका दुईजना पक्राउ
![दुर्घटनाले उजाड्यो परिवार](https://snowberry.prixacdn.net/media/gallery_folder/ahitlang-accident202_dGPWIkTt2k_nnno3yvhl0btz8kt4jwfxs8bdrqsbhif25eltdmosds5z99x0lj71xnw6lhw_X2o3AD9lvf_mpztjfuuccr12g0sadhlz9nmy1trbjavft4wds29mztotxlw1kdmeid5w00q.jpg)
दुर्घटनाले उजाड्यो परिवार
![चन्द्रागिरिमा कार दुर्घटना हुँदा एकै परिवारका ५ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/chandragiri1690542058_ggKDZAd7qy_spr2kf1eafrvuzhigtxl6grjpny96l2t7gs2yqicdj3cor9euvbzdvbxbtkr_ipHvdOR5gE_qwttwq1n94fhrt2njhgdoqeprbd3w97owcjaysadonyw78km6dbzgemdojua.jpg)
चन्द्रागिरिमा कार दुर्घटना हुँदा एकै परिवारका ५ जनाको मृत्यु
![चन्द्रागिरि कार दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
प्रतिक्रिया